भकुण्डेमा मनास्लु र धौलागिरि आरोहण दिवस मनाइयो

एजेन्सी
वैशाख ३१, २०७६
BP-Pokhara-DhaulagiriDay (1)

पोखरा, ३० वैशाख ।  ्टे्किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजनामा ६३औँ मनास्लु हिमाल आरोहण दिवस र ५९औँ धौलागिरि आरोहण दिवस आज बाग्लुङ नगरपालिका–१० भकुण्डेमा मनाइएको छ ।

हिमाल आरोहणका साथै पदयात्रा पर्यटन, घरबासलगायत विषयमा छलफल एवम् अन्तरक्रिया गर्दै मनाइएको दिवसमा वक्ताहरूले पर्यटकीय दृष्टिले पर्याप्त प्राकृतिक साधनस्रोत नेपालमा रहेको बताउँदै यिनीहरूको संरक्षण र विकासमा जोड दिएका छन् । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले हिमाल आरोहण पर्वतीय पर्यटनको महत्वपूर्ण पाटो भएकाले यससँग पदयात्रा, घरबास आदि प्रत्यक्ष जोडिने धारणा राखे ।

गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले पर्यटन गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार भएकाले यस क्षेत्रमा पर्वतीय पर्यटनको महत्वपूर्ण सम्भावना रहेको उल्लेख गरे । बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले मनास्लु र धौलागिरि आरोहण दिवसलाई बाग्लुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक होमस्टेमा राखिनुले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले प्रचुर पर्यटकीय सम्भावना बोकेका स्थलको संरक्षण र उपयोगबाट आर्थिक समृद्धिसमेत हासिल हुने धारणा राखे । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने, गण्डकी प्रदेशका पर्यटन विभागका प्रमुख कीर्तनराज पौडेल, नेपाल पत्रकार महासङ्घ बाग्लुङका अध्यक्ष दील श्रीस, कार्यक्रम संयोजक विश्वहाङ राई, सङ्घका सहसचिव उदय सुवेदी, अतिथि सत्कार होमस्टेका अध्यक्ष खिम थापा लगायतले पर्वतीय पर्यटनको महत्व सम्बन्धमा आ–आफ्ना धारणा राखे ।

उक्त अवसरमा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका तर्फबाट अतिथि सत्कार होमस्टेलाई स्टेचरका साथै रु १५ हजार सहयोग गरिएको थियो । मनास्लु हिमाल आरोहण भएको दिन मे ९ र धौलागिरि हिमाल आरोहण भएको दिन मे १३ लाई लक्षित गरी टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सन् १९६० मे १३ का दिन स्विस आरोही म्याक्स इस्लिन र अस्ट्रेलियाली आरोही कुर्ट डिगम्बरसहितको टोलीले नेपाली निमा दोर्जी र नवाङ दोर्जीको सहयोगमा पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गरेका थिए । त्यस्तै मनास्लुको सर्वप्रथम ९ मे १९५६ मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसी र ग्याल्जेन नोर्बुले सफल आरोहण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width