विकास निर्माणमा राजनीति भन्दा माथि उठ्नु पर्दछ–मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७६
boring water (3)

पोखरा, ३० बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विकास निर्माणका लागि राजनीति भन्दा माथि उठ्नु पर्नेमा जोड दिएका छन् ।

पोखरा–१४ देउराली टोलमा निर्माण गरिएको खानेपानी बोरिङ एवम् पक्की भवनको सोमवार उद्घाटन गर्दै उनले स्वच्छ एवम् शुद्ध पानी पिउन पाउने जनताको नैसर्गिक अधिकार भएको बताए ।

प्रदेश सरकारले दुई वर्ष भित्र एक घर एक धारा पुर्याउने अभियानलाई बोरिङ सञ्चालनले सहयोग पुगेको बताउँदै उनले सरकारले हालसम्म प्रदेशमा छ हजार भन्दा बढी नयाँ धारा जडान गरिसकेको जानकारी दिए ।

भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बोरिङ खानेपानीको शुद्धीकरणका लागि प्रदेश सरकारकोतर्पmवाट आवश्यक सहयोग गर्ने बताए ।

सरकारको मुख नताकी जनस्तरबाट बोरिङको सञ्चालन गरेर खानेपानीको व्यवस्था गर्नु महत्वपूर्ण कार्यभएको उल्लेख गर्दै उनले यस्ता कार्यले समाजलाई संगठित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वडाको दुर्गा भगवती र देउराली टोलमा छुट्टाछुट्टै दुईवटा खानेपानी बोरिङ र पक्की भवन सहित ३२ लाख ७४ हजार १६६ रुपैयाँ खर्च भएको बोरिङ उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद पोख्ररेलले जानकारी दिए ।

खानेपानीको हाहाकार भएपछि २०६२ सालमा स्थानीयको सक्रियतामा १७ लाखको लागतमा बोरिङगरी पानीको सुविधा पुर्यार्उदै आएको बताउँदै उनले वस्ती विस्तारकासंगै पानीको माग बढेपछि १८ लाख ८ हजार रुपैयाँमा नयाँ बोरिङ सञ्चालनमा ल्याइएको हो ।

खानेपानीको पाईप विस्तारका लागि पोखरा महानगरपालिकाबाट २० लाख रुपैया प्राप्त भएको उक्त दुई वटा वोरिङबाट हालसम्म दुर्गाभगवती, देउराली,नयाँ शिवालय, माथिल्लो शान्ति, तल्लो नयाँ विकास, राधाकृष्ण, खाल्टे, मनकामना, शुभकामनाटोलका एक हजार ६७ घरपरिवारलाई खानेपानी सुविधा पुगेकोछ ।

कार्यक्रमा बोरिङ सञ्चालनमा उल्यखनीय सहयोग गरेबापत वडाध्यक्ष प्रेमबहादुर कार्कीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width