पोखरा ३० वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई जोड्ने सडक सञ्जाललाई विस्तार र सुदृढ गर्दै प्रदेशको समृद्धितर्फ अगाडि वढ्ने बताएका छन् ।
उनले पोखरालाई जोड्ने सडकहरुको स्तरोन्नत्ती गर्दै भौतिक पूर्वाधारको विकासमा ध्यान दिने बताए ।पोखरा चेम्बर अफ कमर्स कास्कीको सहकार्यमा एभीन्युज टेलिभिजनले सोमबार आयोजना गरेको एजेण्डा समृद्धि सपना प्रादेशिक विकास वहस कार्यक्रममा मुख्यमन्त्री गुरुङले पोखरा दुम्कीबास जोड्नु फास्ट ट्रयाग बनाउन सभ्याव्यता अध्ययन थालेको जानकारी दिए । उनले प्रदेशको समृद्धिको लागि समानान्तार कालीगण्डकी करिडोर बनाउने बताए ।
कालीगण्डकी कारीडोरको सट्टामा गण्डकी प्रदेशले शालीग्राम लोकमार्ग प्रस्ताव गरेको बताए । मुख्यमन्त्री गुरुङले मध्य पहाडी लोकमार्ग, मस्याङदी करिडोरको निर्माण कार्य सम्पन्न भएपछि प्रदेशको समृद्धिको लागि सहयोग पुग्ने धारणा राखे ।
कार्यक्रममा उनले समाजिक क्षेत्रमा अगाडी भए पनि प्रदेश भौतिक पूर्वाधारको क्षेत्रमा अरु प्रदेश भन्दा कमजोर भएको बताए । कुल ग्राहस्थ उत्पादनमा कम योगदान भएको कारण संघीय सरकारले अनुदान घटाउन लागेको जानकारी दिदै मुख्यमन्त्री गुरुङले प्रदेशले न्यूनतम प्रशासनिक खर्च धान्नको लागि संघीय सरकारले नीतिगत व्यवस्था गर्नु पर्ने माग गरे ।
राष्ट्रिय निकुञ्ज, सिमसार वाहेक वन, खानी तथा खनिजको रोयल्टी प्रदेश सरकारले पाउन पर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सवारी साधन र पर्यटन क्षेत्रको शुल्क पनि प्रदेशले उठाउन पाउन पर्ने तर्क गरे । उनले चाँडो भन्दा चाँडो मालपोत स्थानीय तहलाई हस्तान्तरण गर्नु पर्ने बताए ।
मुख्यमन्त्री गुरुङले संविधानले दिएको अधिकार अन्तर्गत प्रदेशले श्रोत र साधनको अधिकत प्रयोग गर्न पाउनु पर्ने माग गरे । मुख्यमन्त्री गुरुङले लुकेका समस्याको कारण चालु आर्थिक वर्षको बजेट कार्यान्वयन लगायतका काम गर्न नसकेको बताए । प्रदेशका मन्त्री तथा सचिवहरुलाई लगातार निर्देशन दिदा पनि बजेट कार्यान्वयन भने हुन नसकेको उल्लेख गर्दै उनले आवश्यक संरचनालाई नियमित र व्यवस्थित गर्दै पूर्वाधार निर्माणमा खर्च गर्न सक्ने बनाइने जिकिर गरे ।
मुख्यमन्त्री गुरुङले जग्गा प्राप्ति ऐनको सरलीकरण र सुरक्षा व्यवस्था दुरुस्त राख्न नसक्दा लगानी सम्मेलन गर्न नसकेको बताए । प्रदेशको विकास निर्माणको लागि सबै पक्ष एकजुट हुनु सकारात्मक भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले संस्थागत संरचनाहरु बनाउदै सरकारले खर्च गर्ने क्षमता बढाउने धारणा राखे । विकास चाँडो होस भन्ने जनताको आकाक्षां भएको चर्चा गर्दै उनले अधिकार सम्पन्न र सबै प्रक्रिया पुरा गरे पछि प्रदेश सरकारले गर्न नसके मात्र भन्न मिल्ने धारणा राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रदेश सरकारको लागि राजश्व उठाउने आफ्नै आधार नभएको बताए । उनले सामाजिक तथा शैक्षिक सूचकमा राम्रो भए पछि पूर्वाधार विकासको क्षेत्रमा गण्डकी प्रदेश कमजोर भएको उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका सदस्यहरु विन्दुकुमार थापा र इन्द्रधारा बिष्ट, नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बराल, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजीव कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, प्रदेश कोष नियन्त्रक दयाराम पौडेल, एभिन्युज टेलिभिजनका अध्यक्ष भास्करराज कर्णिकार, पोखरा चेम्बर अफ कमर्सका कास्कीका अध्यक्ष किसान सुनार, पत्रकार कमल पराजुली लगायतले मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
शिवशिखर र इमेज सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपूत
लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०