पोखरा, ३० वैशाख । कास्कीको पर्यटकीय घान्द्रुकमा दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७६ गरिने भएको छ ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित एवं अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा आगामी जेठ १७–२० गतेसम्म महोत्सव संचालन हुने जानकारी सोमवार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।
अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास गरी त्यस क्षेत्रको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले गतवर्षदेखि आरम्भ गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवलाई यस बर्ष एकै चरणमा सम्पन्न गरिने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७६ का संयोजक ललित गुरुङले बताए । महोत्सव अवधिभर नेपालकै पर्यटकीय क्षेत्रको रुपमा घान्द्रुक आउने पर्यटकलाई प्याकेजको व्यवस्था गरिएको जानकारी गुरुङले दिए ।
महोत्सवको मुख्य आकर्षण “अन्नपूर्ण म्याराथन” हुने बताइएको छ । यस वर्षको म्याराथन अन्तराष्ट्रिय इभेन्टको रुपमा लैजाने र त्यसका लागि एथेलेष्टिस संघसँग समन्वय गरी अन्तराष्ट्रिय धावक समेत सहभागी गराउने प्रयास भइरहेको जानकारी संयोजक गुरुङले दिए ।
विश्वमै प्रसिद्ध अन्नपूर्ण आधार शिविरबाट आरम्भहुने म्याराथन माछापुच्छ«े आधारशिविर, वगर, देउराली, दोभान, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुदै घान्दु्रकमा पुगि समापन हुने गरी रुट कायम गरिएको छ ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अननपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मीटर भन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ भने सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथनको आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको थियो ।
महोत्सवका थप आकर्षणहरु म्याराथन दौड, ४१३० मीटरको उचाइमा निर्मित अन्नपूर्ण प्रथम हिमालका आरोही मौरिस हर्जोगको अर्धकदको शालिक अनावरण सहितको महोत्सव, पर्यटकीय घान्द्रुकको अवलोकन तथा दृष्यावलोकन, हिमाली तथा लेकाली जडिबुटीको परिचय र त्यसको उपयोगिताका वारेमा जानकारी, अन्नपूर्ण आधार शिविरका पर्यटन व्यवसायको इतिहास झल्कने फोटो प्रदर्शनी, परम्परागत गुरुङ संस्कार र संस्कतिको प्रत्यक्ष अवलोकन कक्ष, झँकी प्रदर्शन, घैंटो फूटाउने, चम्चा दौड, बोरा दौड आदि रहेका छन् ।
महोत्सव सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम विभिन्न विभिन्न संघसंस्था र होटल व्यवसायीबाट सहयोगको रुपमा उठाइने जानकरी संयोजक गुरुङले दिए । महोत्सव सम्पन्न गर्न १०५ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न ३१ वटा उपसमिति गठन गरिएको छ । हालसम्म ८० प्रतिशत तयारी पुरा भएको जानकरी स्थानीय होटल व्यवसायी जगनरास गुरुङले दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०