पोखरा, ३० वैशाख । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय बिद्यालय इकाईद्वारा ट्राफिक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै संगठनको केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज कर्णसिंह गुरुङले सरकारले ल्याएको श्रम ऐन २०७४,सामाजिक सुरक्षा ऐन २०७४ लागु गर्न सम्पूर्ण यातायात मजदुरहरु गोलवद्ध हुन आब्हान गरे ।
उक्त कार्यक्रममा संगठन केन्द्रीय सचिव बिष्णु बहादुर पराजुली,संगठनका गण्डकी प्रदेशका अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री,प्रदेश सदस्य एवं स्कुल इकाई इन्चार्ज बाबुराम रानामगर,प्रदेश सदस्य दीपक रोका मगर लगायतका महानुभावहरुले विभिन्न बिषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।
सोही कार्यक्रममा प्रहरी नायव निरीक्षक शिव प्रसाद पाठकले ट्राफिक सम्बन्धि बिभिन्न बिषयहरुमा मा प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहभागिताहरुलाई ट्राफिक अनुशिक्षण प्रमाण–पत्र वितरण गरिएको थियो ।
इकाई अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वगत मन्तव्य हरिप्रसाद पौडेलले गरेका थिए भने संचालन बिनोद अधिकारी गरेका थिए । अनुशिक्षणमा ६३ जना यातायात मजदुरहरुले सहभागिता जनाएका थिए ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९