बागलुङ, ३० वैशाख । गर्मी मौसममा चिसो र स्वच्छ वातावरणमा पर्यटक जाने रुचाउछन्, यसै समयमा चिसो ठाँउको रुपमा चिनिने मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । यतिवेला मुस्ताङका होटल पाहुनाले भरिभराउ छन । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आएका छन ।
भारतमा यतिवेला गर्मी छ, गर्मी छल्न र मुक्तिनाथ मन्दिरको दर्शनपनि गर्न सकिने उद्देश्यले मुस्ताङमा यतिवेला भारतीय पर्यटक वढेका छन् । मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाइमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढी छ ।
यस्तै अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा निस्कने पर्यटक मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ आइपुग्छन । मुस्ताङ छिर्ने अधिकांश पर्यटकले मुक्तिनाथ क्षेत्र घुम्छन तीमध्ये केहीले उपल्लो मुस्ताङको यात्रा तय गर्छन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार गएको अङ्ग्रेजी महीना जनवरीदेखि अप्रिलसम्म १६ हजार ५५७ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् ।
जसमध्ये सबैभन्दा बढी अप्रिल महीनामा १० हजार २२९ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए । सन् २०१८ को अप्रिलमा नौ हजार ६१५ विदेशीले मुस्ताङ घुमेका थिए । ‘मे महीनामा पर्यटक अझै बढ्छन”, कार्यालयका पर्यटन सहायक प्रेम बस्नेतले भने– “जेठ अन्तिमसम्मै पर्यटकको आउजाउ बढी हुन्छ ।” गत वर्षको मे महीनामा १३ हजार ९९८ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए ।
मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । विदेशीको तुलनामा दोब्बर बढी नेपालीले मुस्ताङको भ्रमण गर्ने बताइन्छ । “अहिले दैनिक सयौं पर्यटक मुस्ताङ आइरहेका छन”, जोमसोमका होटल व्यवसायी सम्झना रानाले भने “विदेशीमा बढी भारतीय तीर्थयात्री आउँछन ।”
पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै मुस्ताङ जाने आन्तरिक पर्यटकको पनि घुईँचो लाग्ने गर्छ । मुक्तिनाथको तीर्थमा जानेदेखि पदयात्रामा रमाउने युवायुवतीको रोजाइमा मुस्ताङ पर्न थालेको हो ।
यहाँको मनोरम प्राकृतिक भूवनोट, हिमाली जनजीवन, मुस्ताङी सभ्यता र संस्कृतिले पर्यटकलाई लोभ्याउँछ । वर्षेनी पर्यटक बढेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि बढ्दो छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटककले रात बिताउने गर्छन । कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँमा आइपुग्ने गर्छन । यातायातको सहजताले पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको होटल व्यवसायी बताउँछन ।
म्याग्दी, बेनी हुँदै सडकमार्गबाट बस, जिप र मोटरसाइकलबाट मुस्ताङको यात्रा तय गर्न सकिन्छ । पोखरा–जोमसोम दैनिक हवाई सेवा पनि सञ्चालित छ । गएको अङ्ग्रेजी वर्षमा ५९ हजार ८३८ विदेशी पर्यटकले मुस्ताङ घुमेका थिए । यो वर्ष उक्त सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
पर्यटनको राजधानी घोषणा वर्ष
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१