पोखरा, ३० वैशाख । म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि जित्यो ।
प्रिमियर लिगको यो सिजनको अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो । योसँगै म्यानचेस्टर सिटी सन् २००९ यता लगातार दोस्रो पटक लिगको उपाधि जित्ने पहिलो टिम बनेको छ ।
खेलको २७ मिनेटमा ब्राइटनका लागि ग्लेन मुरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो ब्राइटनको अग्रतालाई टोलीले कायम राख्न सकेन । सिटीले ब्राइटनको त्यो अग्रतालाई एक मिनेटमै तोडिदियो । खेलको २८ औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि सर्जियो अगुइरोले बराबरी गोल गरे । त्यसपछिको खेलमा पूरा हाबी रहेको म्यानचेस्टर सिटीले तीन गोल थप्यो ।
खेलको ३८ औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि एमेरिक लापोर्तेले दोेस्रो गोल गरे । खेलको ६३ औँ मिनेटमा रियाद मेहरेजले सिटीका लागि तेस्रो गोल गरे भने चौथो गोल ७२ औँ मिनेटमा इल्के गुन्डोगानले गरे ।
म्यानचेस्टर सिटीले २०१८/१९ सिजनमा ३८ खेलमध्ये ३२ मा जित हात पार्दै ९८ अंकका साथ प्रिमियर लिगको उपाधि उचाल्यो ।
म्यानचेस्टर सिटीसँगै अन्तिमसम्म उपाधि होडमा रहेको लिभरपुल फुटबल क्लबले अन्तिम खेलमा वुल्भ्सलाई २–० ले हराए पनि सिटीले खेल जितेका कारण उ दोस्रो स्थानमा रह्यो । लिभरपुलका लागि साडियो मानेले १७ औँ र ८१ औँ मिनेटमा गोल गरे ।
लिभरपुलले ३८ खेलमध्ये ३० खेलमा जित हात पार्दै ९७ अंकका साथ दोस्रो स्थानमा रहँदा ७२ अंकका साथ चेल्सी तेस्रो स्थानमा रहन सफल भयो । त्यस्तै टोटनह्याम ७१ अंकका साथ चौथो स्थानमा रहन सफल भएको छ ।
Related News
सम्बन्धित समाचार
मुवाथाइको समर क्याम्प
पोखरा १४ लाई फुटबल उपाधि
मुवाथाई सिकाइँदै
प्रदेशस्तरीय एसइई फुटसल
अरण्यज्योति र पेलिकन्स उपाधि नजिक
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०