पोखरा २९, वैशाख। पोखरा–११ मा रहेको फूलबारी क्लबको २८ औं बार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
उक्त अधिवेशनले हरिप्रसाद बास्तोला अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा हरिश्चन्द्र बास्तोला, सचिव मनोज बास्तोला, सहसचिव जर्नादन बास्तोला र कोषाध्यक्षमा पुरुषोत्तम बास्तोला चयन भएको छन् ।त्यसैगरी सदस्यहरुमा रजनी बास्तोला, युवराज बास्तोला, सीता रेग्मी, राजन बास्तोला, गणेश कार्की र नारायणप्रसाद बास्तोला राजु सर्वसम्मत चयन भएका छन् ।
प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सीले अधिवेशनको उद्घाटन गदै समाजिक संस्थाहरुको समन्वय र सहयोगमा समाजले परिर्वनको अनुभव गर्न सक्ने विश्वास व्यक्त गरे । त्यसैगरी वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले क्लबको सक्रियता र वडाको सहयोगमा क्लबले नमूना कार्यहरु गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
उक्त कार्यक्रममा पूर्व अध्यक्ष एवम् सल्लाहकार टुवराज बास्तोला विशाल, पार्क उप समितिका संयोजक दामोदर बास्तोला, कानूनी सल्लाकार तथा निर्वाचन संयोजक अधिवक्ता रोहितराज बास्तोला, वडा सदस्य मिनबहादुर गुरुङ, सिद्देश्वर महिला समूहकी अध्यक्ष शारदा बास्तोला लगायतले शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा ८० वर्ष उमेर पुगेका जेष्ठ आजीवन सदस्य तथा सदस्यका अभिभावकहरुलाई सम्मान गर्नुका साथै मूर्तिकार तथा साहित्यकार भरत आचार्य र युवा समाजसेवी बद्रीनाथ घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका काहूँ पाण्डेथोकका चित्रप्रसाद बराललाई दुई वण्डल जस्ता पाता सहयोग गरिएको थियो ।
क्लबका अध्यक्ष हरिशचन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष रामचन्द्र बास्तोलाले गरेका थिए भने कोषाध्यक्ष नवराज बास्तोलाले आर्थिक , सचिव दामोदर आचार्यले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम ‘हरिचौर बजार’
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०