बेनी, २९ वैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ ।
वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले रू एक लाख ५० हाजारमा सो काम पूरा गरेका हुन ।मौवाफाँटको मसिनाचोकदेखि मौवाफाँट हुँदै भगवती जोड्ने मोटरबाटोसम्म माछेखोलाको किनारमा साँघुरो डोरोमा ढुङ्गा चिनेर पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष गोपाल शर्माले बताए । उनका अनुसार छ व्यक्तिले करीब ४० दिन समय खर्चेर पदमार्ग बनाएका थिए ।
सरकारी बजेटले थोरै मात्रै पदमार्ग बन्ने भएको र यसबाट स्थानीयवासीलाई दैनिक आवतजावतमा कठिन हुने भएकाले एक महीनाभन्दा बढी समय लगाएर पदमार्ग बनाइएको अध्यक्ष शर्माले बताए । वर्षाको समयमा खोला बढेपछि माछेखोलाका बासिन्दा जिल्ला सदरमुकाम आउनका लागि समेत घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो ।
अहिले खोलाको किनारमा परम्परागत रुपमा आवतजावतका लागि प्रयोग गरिँदै आइएको ठाउँमा ढुङ्गा चिनेर पदमार्ग बनाएपछि वर्षात्को समयमा समेत बालबालिकादेखि वृद्धवृद्धासम्म सहजरूपमा आवतजावत गर्न सक्ने भएका छन ।
खोलाको छेउछाउ पदमार्ग बनाइएकाले खोला तर्नुपर्ने स्थानमा ढुङ्गाकै फड्केसमेत बनाइएको छ । मसिनाचोकमा मोटरबाटोबाट माछेखोलातर्फ जाने स्थानमा भने वारपारका लागि सानो फड्के उपयुक्त नहुने भएकाले थप सहयोग उपलब्ध गराउनका लागि गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरिएको बताइएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०