युनाईटेड क्लवद्धारा बहादुरे माविमा खेलकुद सामाग्री प्रदान

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७६
united club bhadaure deurali

पोखरा, २८ वैशाख । युनाईटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसर पारी कास्कीको अन्नपूर्ण गाउपालिका ४ भदौरे देउरालीमा रहेको बहादुरे माविमा खेलकुद सामाग्री प्रदान गरेको छ ।

पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लवले आफनो नवौ वार्षिकोत्सवको अवसर पारी हालै बहादुरे माविमा अध्ययनरत विद्यार्थीहरुलाई मध्येनजर गरी खेलकुदका सामाग्री प्रदान गरेको हो ।

क्लवका अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष सुक बहाुदुर गुरुङ सहित पुगेको क्लवका पदाधिकारी तथा साधारण सदस्यहरुको टोलीले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ताइकाजी गुरुङ र विद्यालयका प्रध्यानाध्यापक राम प्रसाद पौडेललाई खेलकुदका सामाग्रीहरु फुटवल, बास्केटबल, चेस, ब्याडमिन्टन, हेण्डवल, क्रिकेट सेट, भलिवल जाली, फुटवल जाली, लुडो, खेलकुद जर्सी र कार्यक्रम सञ्चालनका लागी स्पीकर हस्तान्तरण गरेका थिए ।

सो अवसरमा वोल्दै विद्यालय व्यवस्थापन समिति भदौरे माविका अध्यक्ष ताइकाजी गुरुङले पोखरामा रही समाजिक कामबाट नाम कमाउन सफल युनाईटेड क्लवले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सम्झेर खेलकुदा सामाग्री प्रदान गरी ग्रामीण भेगमा रहेको विद्यार्थीहरुलाई खेलुकद प्रति झुकाव राख्न र लगनशील भएर लाग्नमा थप प्रेरणा थपेको वताए ।

सामाजिक कामलाई अंगालेर अगाडी वढे सवैको साथ र सहयोग प्राप्त हुने र सफल मार्गमा अगाडी वढिन्छ भन्ने सन्देश युनाइटेड क्लवले प्रदान गरेको उनको भनाइ रहेको थियो । सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा मानवनिर्मित खुल्ला चिडियाखाना र सेती नदी संरक्षणमा काम गर्दै आइरहदा हाल सम्म भदौरे मावि जस्ता दुर दराजमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मध्येनजर गरी विद्यालय पोशाक, कम्प्युटर, खेलकुद सामाग्री प्रदान गर्नुका साथै आधा दर्जन वढी विद्यालयमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई मध्येनजर गरी छात्रवृद्धि अक्षयकोष स्थापना गरिसकेको वताए ।

क्लवकै पहलमा पोखराको लेखनाथमा पोखरा जु लोजिकल पार्क निर्माण कार्य तीब्र गतिमा अगाडी वढेको र आगामी साउनको एक गतेदेखी उक्त पार्क सर्वसाधारणका लागी खुल्ला गरिने समेत वख्रेलले वताए । विद्यालयका प्रध्यानाध्यापक राम प्रसाद पौडेलले आफ्नो विद्यालयलाई लक्षित गरी खेलकुद सामाग्री प्रदान गरी ग्रामीण भेगमा रहेका विद्यार्थीहरु जो खेलकुदका सामाग्रीको अभावमा आफ्ना खेलकुद गतिविधी सञ्चालनमा सहभागी हुन नसकेको विद्यार्थीलाई लक्षित गरी सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।

सो अवसरमा वोल्दै खेलकुद वितरण कार्यक्रमका संयोजक तथा युनाईटेड क्लवका कार्यसमिती सदस्य विष्णु कुमार गुरुङले युनाईटेड क्लवले पोखरा महोत्सवकै आयोजना गरी दुर दराजमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी खेलकुदका कार्यक्रममा पहुँच पुगोस भन्ने अभिप्रायले भदौरे देउरालीमा रहेको बहादुरे माविलाई खेलकुद सामाग्री प्रदान गरिएको र उक्त सामाग्रीको सदुुपयोग गर्दै विद्यार्थीहरुले आफ्ना खेल गतिविधीलाई निरन्तरता दिइ खेल क्षेत्रबाट अब्बल बन्ने उद्देश्यका साथ अगाडी वढ्न समेत विद्यार्थीहरुलाई आग्रह गरे ।

युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका महासचिव शान्त बहादुर थापाले गरेका थिएभने उक्त अवसरमा क्लवका निवर्तमान अध्यक्ष शुक बहादुर गुरुङ, क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, एन्फा कास्कीका सदस्य ऐनदल गुरुङ, क्लवका कार्यसमिती सदस्यहरु दिनेश सुनार, जयराम आचार्य, पूर्ण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width