पोखरा,२८ वैशाख । “स्वस्थ्य जीवनको लागि रक्तदान“ भन्दै अलकापुर टोल बिकास संस्था, पोखरा १५ द्वारा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगर पालिका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले रक्तदान नै सबै भन्दा उत्कृष्ट मानव दान हो भन्दै आफ्नो वडा भरी संचालन गरिएका कार्यक्रमहरु बारे जानकारी दिएका थिए । अध्यक्ष पौडेलले १५ नम्बर वडाबाट वडावासीहरुको लागि निशुल्क प्रयोगशाला संचालन गरिएको हुनाले सेवा लिन आउन समेत आह्वान गरे ।
संस्थाका अध्यक्ष लोकनाथ ढकालको अध्यक्षतामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा सबै भन्दा धेरै पटक रक्तदान गर्ने कृषि बिकास बैकका प्रबन्धक झवनाथ ढकालले ५४ औं पटक रक्तदान गरेका थिए । यसैगरि रक्तदानको शुरुवाती गर्नेमा संस्थाका सहसचिव लिला सुबेदी, संस्थाका सचिव मित्रलाल पौडेल लगायत समितिका सदसयहरुले रक्तदान गरेका थिए ।
उक्त अवसरमा मेरिगोल्ड बोर्डिङ्ग स्कुलका संस्थापक मोतिराम गुरुङ्ग लगायतका अतिथि तथा सहभागिहरुले कार्यक्रमको सफलताको लागि आर्थिक सहयोग प्रदान गरेका थिए । सो अवसरमा अलकापुर आमा समुह, युवा क्लव लगायतका ४० जना सहभागिहरुले रक्तदान गरेको जानकारी संस्थाका अध्यक्ष लोकनाथ ढकालले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९