पोखराको चाउथेमा मिक्चर र स्कुटर ठोक्किदा भट्टराईको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७६
Why-You-Should-Seek-Treatment-After-a-Motorcycle-Accident-Premier-Injury-Clinics-of-DFW-Fort-Worth

पोखरा, २८ वैशाख । पोखरा–१४ चाउथेमा शुक्रवार राति ११.३० बजे अमरसिंहचोकवाट चाउथेतर्फ एकै दिशा गइरहेको मिक्चरमा स्कुटर ठोक्किदा स्कुटर चालक एक युवाको मृत्यु भएको छ ।

ग १ क २६६६ नम्बरको मिक्चरमा ग १५ प २५८६ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक पोखरा–३१ वेगनासका २५ बर्षीय अजय भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भट्टराईको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा शुक्रवार राति १२.०० वजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • जिप दुर्घटनामा ७ जना घाइते

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • हायस दुर्घटना हुँदा ११ घाइते

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । काठमाडौंबाट पाेखरा जाँदै गरेको हायस शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ । ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ…
  • बाढी र डुबानमा देशभर ८७ जनाको मृत्यु, ७२ बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोखरा । नेपालमा पछिल्लो ३ दिनयता लगातार परेको भारी वर्षाले ठूलो धनजनको क्षति हुन पुगेको छ । अकल्पनीय भारी वर्षाका…
  • नवलपुरको ठाउँठाउँमा डुबान

    रामकुमार श्रेष्ठ असाेज १२, २०८१
    नवलपुर । शुक्रबारदेखि अविरल रुपमा परेको पानीले नवलपुरको विभिन्न स्थान डुबानमा परेको छ । गैंडाकोट ७, गैरीस्थित सिकारी टोलमा नारायणी…

hero news full width