पोखरा, २७ वैशाख । कास्की मादी गाउँपालिका– ३ याङजाकोटमा२५६३औं बुद्ध जयन्ती मेला गरिने भएको छ ।
स्थानीय याङजाकोट मिलन युवा क्लबद्वारा सञ्चालन हुने मेला जेठ १– ४ गतेसम्म हुने शुक्रवार यहाँ आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा गाउँपालिका स्तरीय भलिबल, बास्केटबल, खुल्ला ठेलो हान्ने प्रतियोगिता, गाउँ स्तरीय सामुहिक नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिने भएको छ ।
मिलन युवा क्लबका अध्यक्ष विकास गुरुङका अनुसार मेलामा सञ्चालन गरिने भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५५ हजार ५ सय ५५ र द्वितीय हुने टिमलाई ३३ हजार ३ सय ३३ शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
यस्तै सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार द्वितीय हुने टिमलाई ३० हजार र तृतिय हुने टिमलाई नगद २० हजार शिल्ड र प्रमाण पत्र प्रदान गरिने भएको छ ।
यस्तै छेलो हान्ने प्रतियोगिताको बिजेतालाई नगद १० हजार सहित बाजागाजाले सम्मानगरी गाउँ परिक्रमा गरिने भएको छ ।
गाउँमा भएको परम्परा र संस्कृतिको निरन्तरता दिने, गाउँमा रहेको प्राकृतिक साँस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानको बारेमा प्रचारप्रसार गर्ने तथा होमस्टेको विकाससँगै स्थानीयलाई आत्मनिर्भर बनाउन् उद्देश्यल मेला आयोजना गरिएको मिलन युवा क्लबका संस्थापक अध्यक्ष देविजंग गुरुङले जानकारी दिए ।
पोखराबाट १९ किलोमिटरको दुरीमा रहेको याङजाकोट गाउँ समुन्द्री सतहबाट १ हजार ४ सय ५० को उचाईमा रहेको छ । २ सय भन्दा बढी घरधुरी रहेको यस गाउँमा ९० प्रतिशत गुरुङ जाति र बाँकी १० प्रतिशत दलित, क्षेत्री र तामाङ जातिको बसोबास रहेको छ ।
मिलन युवा क्लबका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव योगेन्द्र गुरुङले गर्नुभएको थियो भने कार्यक्रममा क्लबका संरक्षक सल्लाहकार टिका गुरुङ, पूर्व अध्यक्ष बलबहादुर गुरुङ तथा वडा सदस्य लोकबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९