पोखरा, २७ वैशाख । कास्कीको मादि गाउँपालिका याङ्जाकोटमा विगतको वर्षमा जस्तै यस वर्ष पनि याङ्जाकोट महोत्सव हुने भएको छ ।
२५६३ औं बुद्ध जयन्तिको अवसर पारेर जेष्ठ १ गतेदेखि ४ गतेसम्म महोत्सव चल्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा हुने महोत्सवमा खेलकुद, लोकदोहरी, साँस्कृतिक नाच प्रतियोगिता लगायत विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिने बताइएको छ ।
याङ्जाकोटको प्राचीन परम्परा र संस्कृृतिलाई निरन्तरता दिने र गाउँ छाडेर बाहिर गएकाहरुलाई गाउँ फर्काउने, आन्तरिक र बाह्य पर्र्यटक भित्राई ग्रामीण पर्यटकीय क्षेत्रको रुपमा गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गरिदैं आएको क्लबका अध्यक्ष विकास गुरुङले बताए । उनका अनुसार क्लब यतिखेर महोत्सवको तयारीमा जुटेको छ ।
लोपोन्मुख साँस्कृतिक परम्परा घाँटु, सोरठी र कृष्ण चरित्र लगायतको संस्कृति र परम्पराको संरक्षण गर्ने महोत्सवको उद्देश्य रहेको क्लबका संस्थापक अध्यक्ष देवीजंग गुरुङले बताए । याङ्जाकोट गाउँको होमस्टेको विकाससँगै स्थानीयलाई आत्मनिर्भर बनाउने महोत्सवको अर्को उद्देश्य रहेको गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवको अवसरमा शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै बाबुराम पन्त र चिनु रानाभाट तथा वैदेशिक रोजगारको क्षेत्रमा योगदान गरेवापत तिलक रानाभाटलाई सम्मान गर्ने कार्यक्रम छ ।
क्लबले स्थापना गरेको अक्षयकोषका लागि सहयोग गर्ने अक्षयकोषदाताहरुलाई समेत सम्मान गर्ने कार्यक्रम छ । ०७२ सालमा स्थापना गरिएको क्लबको अक्षयकोषमा हालसम्म ४० लाख संचित रकम पुगेको क्लबका सचिव योगेन्द्र गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९