लम्की, २७ वैशाख । टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ । स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य संस्थामा नियमित गर्भजाँचमा आकर्षित गर्न विगत एक वर्षदेखि गर्भवती महिलालाई यसरी आयोडिनयुक्त नुन वितरण गर्ने योजना बनाएको स्वास्थ्यचौकी प्रमुख हिमाल सारुमगरले बताए । “चारपटक नियमित गर्भजाँच गर्न आउँदा प्रत्येक पटक एक प्याकेट नुन र तीन प्याकेट सुत्केरी भएपछि दिने गरेका छौँ”, स्वास्थ्यचौकी प्रमुख मगरले भने “नुन वितरण गर्न थालेपछि गर्भजाँच गर्नेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको छ ।” गत आर्थिक वर्षमा स्वास्थ्यचौकीमा ८४ ले सुत्केरी सेवा लिएका थिए । यस वर्ष नियमित गर्भजाँच गराउँदै सुत्केरी सेवा लिनेको सङ्ख्या चैतको अन्त्यसम्म ९७ पुगेको छ ।
एघार सय घरधुरी रहेको वडा नं ६ मा ७० प्रतिशत जनजातिको बस्ती छ । स्वास्थ्यचौकीले बालबालिकाको शीघ्र कुपोषण व्यवस्थापनका लागि पौष्टिक आहारसमेत उपलब्ध गराउँदै आएको छ । “१७ बालबालिका शीघ्र कुपोषणको जोखिममा रहेको फेला पारेका छौँ, पाँच नियमित पौष्टिक आहार खाएपछि निको भएका छन् । अहिले १२ बालबालिकालाई खुवाइरहेका छौँ”, स्वास्थ्यचौकी प्रमुख मगरले भने “यो विपन्न तथा जनजाति बस्ती भएका कारण बालबालिकामा कुपोषण देखिने गरेको छ ।” बालबालिकालाई कुपोषण भए÷नभएको पहिचान स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले गर्ने गरेका छन ।
टीकापुर–६ का वडाध्यक्ष बलीराम चौधरीले गर्भवतीको सेवाका लागि अन्य खर्च कटाएर भए पनि बजेट विनियोजन गरिएको बताए । “यो कार्यक्रमबाट विपन्न महिलाले लाभ उठाएका छन्”, वडाध्यक्ष चौधरीले भने “ग्रामीण जनताका लागि स्वास्थ्य पहिलो प्राथमिकता भएकाले नीति बनाएर स्वास्थ्यका कार्यक्रम गर्दैछौँ ।”
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले वडाले बनाएको नीति सराहनीय रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा यस्ता फरक खालका कार्यक्रमले नागरिकलाई लाभ हुने बताए “यो कार्यक्रम अन्य स्वास्थ्य संस्थाका लागि पनि सिकाइ हुन्छ”, रावलले भने ।
Related News
सम्बन्धित समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०