लमजुङ, २६ बैशाख । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार लमजुङमा सो दलको जिल्ला समितिको आयोजनामा सरकारविरुद्ध खबरदारी गर्दै पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान थालेको बताएको हो ।
सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्तले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न बुधबारबाट देशभर जागरण अभियान सुरु गरिएको जानकारी दिइन् । उनले अभियान मार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्यसमेत रहेको बताइन् ।
‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ । पहिलो चरणको अभियान १ महिना चलाइने काँग्रेसका पुराना कार्यकर्ता रेशम खड्काले बताए ।
जसमा पहिलो चरण अन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना रहेको नेपाली कांग्रेस लमजुङका सभापती भेषबहादुर पौडेलले जानकरी दिए ।
उक्त जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ । सम्पादन गर्नुपर्ने कामबारे जिम्मेवारीपत्र दिएर कांग्रेसले केन्द्रीय नेताहरूलाई जिल्ला पठाएको हो । कार्यक्रमलाई सफल पार्न कांग्रेसले भातृ संगठनहरूलाई समेत जिल्लास्तरका गतिविधिमा परिचालन गरेको काँग्रेसका जिल्ला सचिव हरि बरालले बताए ।
कांग्रेस केन्द्रीय कार्यालयले दिएको एउटै मोडलमा देशभर जागरण अभियान कार्यक्रम सञ्चालन गर्ने बताएको छ । लमजुङमा अभियानको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टी प्रतिनीधि कमला पन्तले गमलामा पानी सिंचित गरी उदघाटन गर्नु भएको कार्यक्रमका सहभागी सो दलका पूर्वजिल्ला सभापति कृष्णप्रसाद कोइरालाले जानकरी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
hero news full width
मुख्य समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०ओलम्पियनहरु पोखरामा भेला
जेठ २०, २०८०मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो हिलोको सास्ती
जेठ २०, २०८०