पोखरा, २६ वैशाख । पोखरामा प्रहरीलाई साईर अपराध अनुसन्धान अनुशिक्षण तालिम प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो काठमाण्डौ र गण्डकी प्रदेश तालिम केन्द्रद्वारा संचालित उक्त अनुशिक्षण कार्यक्रममा प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।
तालिम समापनका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहोराले अपराधिक कार्यमा प्रविधिको प्रयोगले अनुसन्धान चुनौतीपूर्ण भएकाले प्रविधियुक्त अनुसन्धानलाई अगाडि वढाउनु पर्नेमा जोड दिए ।
तालिम संयोजक प्रहरी निरक्षिक बिष्णु विकले दिनप्रतिदिन प्रविधि र विकासको पहुँचले अपराधिक क्रियाकलाप र त्यसको अनुसन्धान जटिल बन्दै गइरहेकाले साईबर अपराध अनुसन्धानका लागि तालिम आवश्यक पर्ने बताए । वैशाख १९ गतेदेखि सुरु भएको तालिममा गण्डकी प्रदेश अन्तरगत विभिन्न प्रहरी कार्यालयका २९ जना प्रहरी अधिकृतहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागीलाई प्रहरी नायव महानिरक्षिक बोहोराले प्रमाण–पत्र वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९