लमजुङ, २५ वैशाख। मनाङमा यार्सागुम्बा टिप्ने सिजन शुरु भएको छ। मनाङका विभिन्न लेकहरुमध्ये राम्रो यार्सागुम्बा पाउने नाम्ग्य खर्कमा यस वर्षकै पहिलो यार्सागुम्बा टिप्नको लागि पुर्जी जारी गरिएसँगै यार्सागुम्बा टिप्ने सिजन शुरु भएको हो। त्योसँगै सुरक्षा प्रबन्ध पनि कडा बनाइएको छ।
जडीबुटी यार्सागुम्बा निकै बहुमूल्य मानिन्छ। यार्सागुम्बा टिप्न मनाङवासी मात्र नभइ छिमेकी लमजुङ, गोरखा, धादिङ तथा नुवाकोट जिल्लाबाट समेत मानिसहरू मनाङका लेकतिर जाने गर्दछन्।
ताचै बगरछाप र नार गाउँमा पर्ने नाम्ग्य खर्कमा यार्सागुम्बा संकलनको लागि बैशाख १६ बाट जारी हुने गरी पुर्जी खुला गरेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले बताए। उनका अनुसार पुर्जी काटेर नाम्ग्य खर्कमा यार्सागुम्बा टिप्नको लागि मानिस हिडिसकेको र कति पुर्जी लिएर जाने क्रममा रहेका छन्।
नाम्ग्य लेकमा यार्सागुम्बा टिप्न ३६ लाख २० हजार रुपैयाँमा ठेक्काको टेन्डरमार्फत जिम्मा पाएको मेघबहादुर बराइलीले बताए। उनका अनुसार यस वर्ष पहिलो पटक यार्सागुम्बा संकलनको लागि पुर्जी खुला गरिएको हो। ठेकेदार बराइलीका अनुसार नाम्ग्य लेकमा यार्सा खोज्न जानेहरूका लागि विभिन्न दरभाउसमेत लगाइएको छ। नाम्ग्य लेकमा यार्सागुम्बा खोज्न जानको लागि ६ सय जनालाई मात्र अनुमति दिइने छ। यार्सागुम्बाको सिजन शुरु भएसंगै सुरक्षा ब्यवस्था समेत कडाई गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवणकुमार विकले बताए। यार्सागुम्बा खोज्ने क्रममा मनाङको नारमा गोरखा केरौंजाका ७ जनाको २०६६ सालमा हत्या भएको थियो। त्यसपछि सुरक्षा स्थिति कडा बनाउन थालिएको हो। नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयबासीले हत्या गरीदिएपछि मनाङको साविकको नार र फु गाविसमा यार्सा संकलन रोकिएको थियो। नार घटनापछि एक्याप मनाङले यार्सा संकलनलाई ब्यवस्थित बनाउन थालेको छ।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०