पोखरा, २५ वैशाख। जनता बैंक पोखरा क्षेत्रीय कार्यालयले पस्र्याङ टोल विकास संस्था तथा पस्र्याङ रातामाटा आमा समूहको संयुक्त भवन निर्माणमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकका पोखरा क्षेत्रीय कार्यालय प्रमुख मदनकुमार मुल्मी तथा जनता बैंक पोखरा शाखाका प्रबन्धक अरुण रानाभाटले आमा समूह अध्यक्ष पवित्रा शर्मा र भवन निर्माण समिति अध्यक्ष डिल्लीराम भट्टराईलाई उक्त रकमको चेक हस्तान्तरण गरे।
कार्यक्रममा मुल्मीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनहरूमा पनि यसैगरी सहयोग गर्ने बताए।
कार्यक्रममा समाजसेवी वेदनिधि शर्मा, सनातन धर्म सेवा समिति कास्की अध्यक्ष रवीन्द्र माकाजु, निर्माण समिति पदाधिकारी, आमा समूह पदाधिकारी, पस्र्याङ टोल विकास संस्थाका सल्लाहकार लेखनाथ सोती, टेकराज तिमिल्सिना, भोजराज पौडेल, महेन्द्र दाहाल, लेखनाथ पौड्याल निर्माण समिति कोषाध्यक्ष खिम कार्की, आमा समूहका पूर्व अध्यक्ष गोमा सोती लगायत उपस्थित थिए।
भवन निर्माण समिति अध्यक्ष डिल्लीराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सेयर बजारसम्बन्धी लगानीकर्ता शिक्षा
मुद्रण उद्योग संघमा अक्षयकोष स्थापना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०