समाजसेवी स्व. लोकबहादुर थापाको १३ औं दिनको पूण्यतिथिमा बुधबार आयोजित श्रद्धाञ्जली सभा। तस्वीर : आदर्श समाज
पोखरा २५, वैशाख। समाजसेवी लोकबहादुर थापाका योगदानलाई चिरस्मरणीय बनाउनु पर्नेमा यहाँ एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
थापाको १३ औँ दिनको पुण्यतिथिमा पोखरा– ३, तेर्सापट्टी स्थित निवासमा आयोजित श्रद्धाञ्जली सभामा उक्त जोड दिइएको हो।
क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष डा. दिलबहादुर क्षत्रीले सामाजिक रुपान्तरणका लागि स्व. थापाको योगदान स्मरणीय रहेको उल्लेख गर्दै इतिहास रच्नेको इतिहास लेखिनु पर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सराङकोटको विकासको लागि स्व. थापाले खेलेको भूमिका बारे चर्चा गर्दै उहाँको परिकल्पना अधुरो बनाउन नहुने बताए।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका नेता शोभियतबहादुर अधिकारी, सराङकोट गाविसका तत्कालीन अध्यक्ष झपटबहादुर थापा, पोखरा– १८ का अध्यक्ष रणबहादुर थापा, पोखरा– ३ का अध्यक्ष रवीन्सन प्रजु, सराङकोट धार्मिक विकास समितिका महासचिव शमशेरबहादुर थापा, सराङ्कोट बहुउद्देश्यीय सहकारीका सल्लाहकार इन्द्रकमल मानन्धर, लायन्स क्लब अफ पोखराका पूर्व अध्यक्ष बिनोद शेरचन, लामिछाने थापा क्षत्री कुल सेवा समितिका सचिव मीनबहादुर थापा, सराङकोट बहुउद्देश्यीय सहकारी संस्था लि.का कार्यवाहक अध्यक्ष बसन्तबहादुर बानियाँ र दलबहादुर थापाले स्व. थापाले शैक्षिक, धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए।
जेठा छोरा शिव थापाले आभार व्यक्त गर्दै सराङ्कोट बहुउद्देश्यीय सहकारीले स्थापना गर्न लागेको स्मृति कोषमा परिवारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सञ्चालन सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी निर्देशक कृष्ण थापाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९