प्रेस युनियन कास्कीको भित्तेपात्रो लोकार्पण

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७६
bimochan 2

पोखरा, २५ वैशाख । नेपाल प्रेस युनियन कास्कीले नव वर्ष – २०७६ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो बुधबार लोकार्पण गरिएको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस युनियन कास्कीले पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याएको हो ।
भित्तेपात्रो लोकार्पण गर्दै नेपाली काँग्रेसका महामन्त्री एवं भुतपुर्व सञ्चार मन्त्री पुर्ण बहादुर खड्काले सरकारको अधिनायकवादी चरित्रका कारण मुलुक तहसनहस भैरहेको उल्लेख गरे ।

उनले सरकार प्रेस माथी ज्यादती र अभिव्यक्ति स्वतन्त्रताको हनन गर्न उन्मुख रहेको बताए ।सरकारले प्रेसलाइ संविधानले प्रत्याभुति गरेको अधिकारबाट कुण्ठित गरेको बताउदै काँग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा रहेर जनताको हक अधिकार सुनिश्चित गर्न शसक्त रुपमा लाग्ने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले लोकतन्त्रमा मात्र प्रेस सुरक्षित हुने बताए ।नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width