माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

रासस
वैशाख २५, २०७६
Microbus-crash-file-photo

दमौली, २५ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडाँैबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर घाइते भएका थियो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका मगरलाई स्थानीय मेडिकलमा उपचारपश्चात थप उपचारको लागि काठमाडाँैस्थित सीतापाइला अस्पताल पठाइएको थियो । ठक्कर दिने माइक्रोबसका चालक र माइक्रोबस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सिद्धार्थ आर्थिक करिडोरको सम्भावना

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । सिद्धार्थ आर्थिक करिडोरका लागि स्थानीय तहका प्रमुखहरूको साझा मञ्चद्वारा पोखरामा ‘सिद्धार्थ आर्थिक करिडोर : सिकाइ गोष्ठी’ सुरु भएको…
  • कर वृद्धि फिर्ता गर : कांग्रेस गण्डकी

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । नेपाली कांग्रेस गण्डकीले प्रदेश सरकारले बढाएको कर तत्काल फिर्ताको माग गरेको छ । नेपाली कांग्रेस जनताको दुखमा साथ…
  • जिसस कास्कीको स्थापना दिवस

    आदर्श समाज सम्वाददाता श्रावण २१, २०७९
    पोखरा । जिल्ला समन्वय समिति कास्कीले छैटौं स्थापना दिवस शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सो अवसरमा सरसफाइसहित…
  • आँधीखोलाको सेवा आफ्नै भवनबाट

    आदर्श समाज सम्वाददाता श्रावण २१, २०७९
    स्याङ्जा । आँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवा दिन थालेको छ । अब, पालिकाबासीले एउटै भवनबाट गाँउपालिकाबाट उपलब्ध हुने सेवा…
  • ड्रागन फल्दा किसानमा हर्ष

    भवानी अधिकारी श्रावण २१, २०७९
    स्याङ्जा । कालीगण्डकी गाउँपालिकामा ड्रागन फ्रुटले फल दिन थालेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि सुरु गरेको नमुना ड्रागन फ्रुट…

hero news full width