पोखरा, २४ वैशाख। पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८ स्थापनाको २२ औं वर्ष प्रवेश अवसरमा वार्षिकोत्सव कार्यक्रम गरिएको छ।
२०५५ को अक्षय तृतीयाको दिनमा विधिवत् संस्थागत रुपमा स्थापना भएको वेद विद्याश्रमले प्रत्येक वर्ष वैदिक विधि अनुसार रुद्राभिषेक, हवनादि पूजापाठ गरी स्थापना दिनको तिथिमा जन्मोत्सव मनाउँदै आएको छ।
प्रमुख अतिथि संस्थाका सल्लाहकार लक्ष्मीराज शर्माले वैदिक धर्म संस्कृतिको संरक्षणमा विद्याश्रमको अतुलनीय योगदान रहेको बताए।
विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले संस्थालाई यहाँसम्म आउन तन, मन, धन, वचनले सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिए।
अक्षयतृतीयाको अवसर पारेर पोखरा–२, विन्ध्यवासी निवासी राधिका रेग्मी, रमेश/सम्झना रेग्मी, राजेश/सरस्वती रेग्मी सहितको उपस्थितिमा रविराज/नमिता रेग्मीले ५१ हजारको अक्षयकोष स्थापना गरेका छन्।
सो दान रकम हस्तान्तरण गर्दै दाता रविराज रेग्मीले वैदिक भूमिमा आएर दान गर्न पाएकोमा आफू र परिवार खुसी भएको बताए।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शिवप्रसाद बराल विद्याश्रमका प्रअ श्रीराम तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए।
कार्यसमिति अध्यक्ष भगवती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमा विद्यार्थी वटुक सविन भट्टराईको समूहले स्वागत भजन, वेद विद्याश्रम व्यवस्थापन समिति अध्यक्ष मणिरत्न अधिकारीले स्वागत र सचिव गंगासागर उपाध्यायले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९