पोखरा, २४ वैशाख। एनएमबि माईक्रोफाईनान्स वित्तीय संस्थाले शाखा प्रबन्धकस्तरीय त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम गरेको छ।
दुई दिनसम्म चलेको सो तालिममा खाडिचौर अनुगमन स्टेशन, ढल्केवर अनुगमन स्टेशन, गोपेटार अनुगमन स्टेशन र दव्रेवास अनुगमन स्टेशनअन्तर्गत ४७ वटा शाखाका ४७ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो।
तालिम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्साल, जोखिम ब्यवस्थापन विभाग प्रमुख सूर्यप्रसाद उपाध्याय, कर्जा विभाग प्रमुख चन्दनकुमार सरदार, वित्त ब्यवस्थापन विभाग प्रमुख कृष्णप्रसाद गैह्रे र अनुगमन अधिकृत लंकबहादुर वम, प्रकाश रावल, पुरन चन्द्र चापागाई र कृष्णप्रसाद नेपालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।
सो अवसरमा शाखाको यस आर्थिक वर्ष २०७५/०७६ तेस्रो त्रैमासम्मको प्रगति समीक्षा, आगामी आर्थिक वर्ष २०७६/०७७ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रबन्धकको भूमिका, भाखा नाघेको कर्जा ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परिक्षण प्रणाली, अनुगमनका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यसँग गर्ने व्यावसायिक व्यवहार र सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिएको थियो।
संस्थाले पोखरा २५ हेमजामा केन्द्रीय कार्यालय स्थापना गरी हाल ५६ जिल्लामा १ सय वटा शाखा विस्तार गरी करिब एक लाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
१ करोडमा माछापुच्छ्रे मिनी मार्ट
नागरिक लगानी कोष : अनलाइनबाट रकम दाखिलाबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९