लेखनाथ, २४ वैशाख। रुपा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि.ले २० औ वार्षिकोत्सव अवसरमा पोखरा–२९, पावरहाउस ग्राहक सेवा केन्द्र उद्घाटन गरेको छ।
केन्द्र उद्घाटन गर्दै पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले गगनगौंडास्थित रुपा बहुउद्देश्यीय सहकारीले सेयर सदस्य र स्थानीय जनताको लागि दिएको उत्कृष्ट वित्तीय सेवाको प्रशंसा गरे।
गुरुङले अझै पनि ग्रामीण भेगका जनता सहकारीको पहुँचबाट टाढा रहेको बताउँदै बैक, वित्तीय संस्था र सहकारीबीच स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गरे।
संस्थाका अध्यक्ष धनप्रसाद गुरुङको अधयक्षतामा भएको कार्यक्रमको संचालन सचिव बलराम अधिकारीले गरेका थिए।
संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सदस्य सनतकुमार श्रेष्ठले संस्थाले हालसम्म गरेको वित्तीय कार्यको जानकारी दिँदै २० औं वार्षिकोत्सव मनाउन सफल भएको बताए।
‘एकताबद्ध सहकार्य र आर्थिक समृद्धिको लागि रुपा सहकारी’ भन्ने उद्देश्यका साथ २०५६ साल वैशाख २३ मा स्थापना सो संस्थामा सेयर सदस्य संख्या ७ सय २९ छन्।
संस्थाले विभिन्न बचत खाता लगायत रुपा मन्टेश्वरी शैक्षिक संस्था सञ्चालन गरेको छ।
संस्थामा हाल सेयर पुँंजी ६ करोड ८६ लाख रहेको संस्थाका पूर्व अध्यक्ष सनतकुमार श्रेष्ठले दिए। संस्थाका सेवा केन्द्रका उपसंयोजक दलबहादुर गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा सदस्य मीनबहादुर केसी, गणेश नेवाः खलका अध्यक्ष प्रेमनारायण लिगल, सम्झौता आमा समूह अध्यक्ष पार्वती आचार्य लगायतले बोलेका थिए। यसैबीच, सहकारीका आर्थिक संयोजक दीपक ढेवाजुले विभिन्न सदस्यबाट केन्द्र सञ्चालनको पहिलो दिनमै एक करोड भन्दा बढी निक्षेप संकलन भएको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
सेयर बजारसम्बन्धी लगानीकर्ता शिक्षा
मुद्रण उद्योग संघमा अक्षयकोष स्थापना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०