स्वतन्त्र पत्रकार संघ कास्कीको तेश्रो अधिवेशन

‘सरकार तह लगाउने काम पत्रकारको’

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७६
free_Fotor

तीन पुस्ता एकै ठाउँ : स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको समापन पश्चात सामुहिक तस्वीर खिचाउँदै नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा राष्ट्रिय पार्षद एवम् प्रदेश पार्षदहरु। तस्वीर : पितमबहादुर सेन ठकुरी

पोखरा, २३ वैशाख। प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुलीले वर्तमान परिप्रेक्षमा स्वतन्त्र पत्रकारिता गर्नु खुकुरीको धारमा हिड्नु जस्तो कठिन रहेको बताएका छन्। उनले सरकार संविधानको भावनाविपरीत चले तह लगाउने काम पनि पत्रकारको हो भने।

स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको सोमबार पोखरामा उद्घाटन गर्दै ८४ वर्षीय पराजुलीले सो कुरा बताएका हुन्।

‘तपाईहरु धन्य हुनुहुन्छ, ’ पत्रकारलाई इङ्गित गर्दै उनले भने, ‘स्वतन्त्र पत्रकारिता गर्ने साहस गर्नुभएको छ। ’ साथै उनले स्वतन्त्र पत्रकारिताले देशको हित हुने बताए।

उनले भने, ‘सरकार देशको संविधानको भावनाविपरीत मनोपोली गरेर हिड्दैछ’, त्यसलाई तह लगाउने काम पत्रकारको हो। ’

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वतन्त्रताबिना पत्रकारिता टिक्न नसक्ने बताए।

संघका सल्लाहकार एवम् पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले पत्रकारहरुको स्वतन्त्र अभियान जायज समयको माग भएको उल्लेख गर्दै यो संस्थाले पत्रकारको हिकहित रक्षा गर्छ भन्ने विश्वास जगाउनुपर्नेमा जोड दिए।

वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले सरकारले पत्रकारलाई कानून बनाएर ठीक पार्छु भन्नु दुर्भाग्यपूर्ण भएको बताए।

संघका सल्लाहकार नारायण कार्कीले विभिन्न खेमामा विभाजित पत्रकारहरुबाट श्रीमजीवी पत्रकारको समस्या कहिल्यै नहट्ने दाबी गर्दै उनले भने, ‘देशको विकास गर्ने हो भने निजामती कर्मचारीलाई पनि दलीय संगठन खोल्न बन्देज लगाउनु पर्दछ। ’

प्रेस स्वतन्त्रता सेनानी नारायणप्रसाद भट्टराईले स्वतन्त्र पत्रकारहरुको संगठनलाई बलियो बनाउनु पर्नेमा जोड दिँदै भने, ‘यसलाई कमजोर बनाउने कार्य कसैबाट हुनुहुँदैन। ’

उनले विगत ४० वर्षदेखि राजनीतिमा प्रजातन्त्र र पत्रकारिता स्वतन्त्रताको भन्दै आइरहेकोमा अहिलेसम्म देशको स्थिति उस्तै रहेको बताए।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले भने, ‘शासकले प्रेसलाई अगाडि आउन दिँदैन। अहिले देशको स्थिति यस्तै छ। ’

पोखरा उपत्यका बृहत् सफाइ अभियान संयोजक रामबहादुर पौडेलले पत्रकारहरु सचेत र स्वतन्त्र नागरिक भएका हैसियतले देशमा बढ्दो दण्डहिनताविरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिए।

पत्रकार महासंघ कास्की सदस्य कमल पौडेल ‘अथक’ ले दलको झण्डा बोकेर हिड्ने पत्रकार नहुने बताउँदै भने, ‘अहिले देशमा पत्रकारहरु राज्य पक्षबाट पीडित हुनुपरेको छ। ’

खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले विधि र प्रक्रियाका लागि सधैँ स्वतन्त्र पत्रकार संघको साथ रहँदैआएको बताए।

अध्यक्षको आशनबाट स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण थापाले लामो समयसम्म पत्रकारिता गरेर कपाल फुलेका अग्रज पत्रकारहरु स्वतन्त्र पत्रकार संघमा रहेको उल्लेख गर्दै भने, ‘यो हाम्रो लागि गौरवको कुरा हो’।

संघका जिल्ला उपाध्यक्ष कृष्ण रानाभाटको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव असफल रानाभाटले गरेका थिए। कार्यक्रममा कोषाध्यक्ष तिलक थापाले संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

अध्यक्षमा गौतम

स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको चौथो अधिवेशनले गौतम रानाभाट (असफल गौतम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्य समितिको उपाध्यक्षमा तिलक थापा, महिला उपाध्यक्ष लक्ष्मी गुरुङ (तिर्सना), सचिव सुरेशराज अधिकारी, कोषाध्यक्ष ओमप्रकाश उपाध्याय, सह–सचिव गंगासागर उपाध्याय रहेका छन्। यस्तै, सदस्यमा सागर कार्की, भरतप्रसाद तिवारी, अम्बिका राणा, पितमबहादुर सेन (ठकुरी), डिल्लीराम काफ्ले र डिल्लीराम कार्की रहेका छन्।

यसैगरी राष्ट्रिय पार्षद्मा केशवराज पराजुली, उमकान्त शर्मा, भूपनिधि पन्त, नारायण कार्की, कृष्ण थापा, दुर्गाप्रसाद पौडेल, यज्ञप्रसाद बास्तोला र ऋषिराम बराल निर्वाचित भए। प्रदेश पार्षदमा महेश्वर पाण्डे, विश्वलाल श्रेष्ठ, कल्याण पन्त, लेखबहादुर थापा, बालकृष्ण सुवेदी, कृष्ण रानाभाट र पुलप्रसाद गुरुङ (पुरन) छन्।

Related News

सम्बन्धित समाचार

  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…
  • प्रभावकारी बन्दै ओएसटी कार्यक्रम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लागुऔषधको मौखिक प्रतिस्थापन उपचार (ओएसटी) पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याइएको छ । कम्युनिटी सपोर्ट ग्रुप…

hero news full width