लमजुङ, २३ बैशाख। लमजुङमा महिलामा पाठेघर सम्बन्धी समस्या तथा पाठेघर खस्ने समस्या बढ्दै गएको छ। महिलाको समस्या मध्यनजर गरी निःशुल्क शिविर तथा सचेतना कार्यक्रम बैशाख २१ गते सञ्चालन गरिएको हो।
राइनास नगरपालिकाको आयोजनामा नगर भित्रका महिलालाई पाठेघरको जाँच तथा पाठेघर रोग स्क्यानिङ शिविर सञ्चालन गरेको हो। नगरपालिकाका महिलाका लागि पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघरको रोग स्क्यानिङ तथा पाठेघर खस्नेको लागि रिङ प्रेसरी शिविर राखिएको थियो। राइनास नगरपालिका– ९ मोहोरियाकोट स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख मित्रु गिरीले बताए। उनका अनुसार शिविरमा ८० जना महिलाले पाठेघर जाँच गरेका थिए। तीमध्ये पाठेघर खसेका ११ जनाको रिङ प्रेसरी राखिएको छ। अन्यको पाठेघरको रोग स्क्यानिङ गरिएको छ। २ जनाको सल्यक्रिया गर्नुपर्ने भएकाले भरतपुर रिफर गरिएको गिरीले बताए।
उक्त नगरपालिकाका मेयर सिंहबहादुर थापाले शिविरको उदघाटन गर्दै स्थानीय तहले महिलाको स्वास्थ्य समस्याको समाधानका लागि चेकजाँच, शल्यक्रियामा सहयोग गर्दै आएको बताउनु भयो। महिलामा पाठेघर सम्बन्धी समस्या धेरै रहेको जानकारी आएकाले महिलाका लागि शिविर सञ्चालन गरिएको थापाले बताए। उनले भने– ‘विभिन्न खाले स्वास्थ्य समस्या हुन्छ। यहाँका महिलालाई पाठेघरको समस्या बढी भएको पाइयो। हामीले सीएमसी भरतपुरका चिकित्सक ल्याएर शिविर चलाएयौं। ’
हरेक बर्ष महिलाको समस्यालाई ख्याल गरी शिविर सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ। नगरपालिका स्वास्थ्य शाखाद्वारा सञ्चालित शिविरमा पाठेघर सम्बन्धी समस्या भएका महिलाले जाँच गराएको वडाध्यक्ष देवबहादुर थापाले बताए। उनका अनुसार केही बर्षअघिसम्म स्वास्थ्य जाँचमा लजाउने, शिविरमा नआउने महिला अहिले आउन थालेका छन्।
नगरपालिका र वडाले स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेपछि महिलामा चेतना बढेको उनले बताए। ‘शिविर भनेपछि डराउने, टाढै बस्ने चलन थियो’ थापाले भने, ‘अहिले कहिले शिविर आउने हो भनेर सोध्न थाल्छन्। सबै महिला आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेका छन्। जाँच गर्ने र औषधी उपचारतर्फ लाग्ने गरेका छन्। ’
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०