गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड

रासस
वैशाख २३, २०७६
KhemramGautam_RSS_GalkotBaglung_welcome

बागलुङ, २३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएकी छन् ।

बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले भविष्यमा राज्यलाई योगदान दिने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको बताइन् ।

“अभिभावक र विद्यार्थीबीचको सम्बन्धबाट नै असल शिक्षा आर्जन गर्ने वातावरण मिल्छ, गुणस्तरमैत्री विद्यालय बनाउन सबैले योगदान गर्नुपर्छ ।”

विद्यालयलाई सक्षम बनाउनका लागि स्थानीयस्तरवाटै सकरात्मक भूमिका खेल्नुपर्ने पनि उनले बताइन् । समाजसेवी हिरण्यप्रसाद ढकालका स्मृतिमा उनको परिवारले निर्माण गरेको विद्यालयको भवन हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले विद्यालय परिसरमा निर्मित समाजसेवी ढकालको शालिकसमेत अनावरण गरिन् ।

समाजसेवी ढकालको स्मृतिमा उनकी धर्मपत्नी जानुका तथा उनका छोरा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकाल र हेमराज ढकालद्वारा निर्मित विद्यालय भवनको साँचोसमेत विद्यालयलाई हस्तान्तरण गरिएको छ । सुविधासम्पन्न अपाङ्गतामैत्री सोह्रकोठे भवन ६ करोड २४ लाख लगानीमा निर्माण गरिएको विद्यालयले जनाएको छ ।

अमलाचौरको एक मात्र माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउनका लागि ढकाल परिवारले भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि लगानी गर्दै आएको छ । विद्यालयका पूर्वविद्यार्थी डा हेमराज शर्माको संयोजनमा विज्ञान प्रयोगशाला, इ–पाटी, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थासमेत गरिएको छ । कक्षा १२ सम्म अध्ययनअध्यापन हुने सो विद्यालयमा हाल ३८८ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानध्यापक प्रेम चापागाईँले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • प्रकाशकीय : हामी डगमगाएका छैनौं

    कृष्णप्रसाद बास्तोला, अध्यक्ष/प्रधान सम्पादक वैशाख १, २०८१
    आदर्श समाज राष्ट्रिय दैनिक आजबाट २९ वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका तर्फबाट…
  • गण्डकीको वर्ष ८० : प्रदेश तहमाथि प्रश्न थपिएको वर्ष

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । विकास खर्च कमजोर छ । प्रदेशलाई बलियो बनाउन चाहिने कानुन अझै बनिसकेका छैनन् । सेवा प्रवाह जनमैत्री हुन…
  • सम्भावनाले भरिपूर्ण गैंडाकोट

    आनन्द पोखरेल वैशाख १, २०८१
    गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्लाबाट टुक्रिएर बनेको पूर्वतर्फको खण्ड हो । साविकको नवलपरासी जिल्लाबाट नयाँ जिल्ला बनेको…
  • धार्मिक पर्यटनको गन्तव्य गैंडाकोट

    प्रेम क्षेत्री वैशाख १, २०८१
    नेपालको मध्यभागमा पर्ने नवलुरको गैंडाकोट नगरपालिका धार्मिक हिसाबले महत्वपूर्ण छ । गैंडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै छन् । गैंडाकोट नगरपालिकामा…
  • दुवै पक्षले जित महसुस गर्नेगरी विवाद मिलाउँछौं

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    नेपालमा न्यायसम्पादनको अधिकार ३ तहका अदालतमा रहे पनि नेपालको संविधान २०७२ र कानुनले केही न्यायिक अधिकार स्थानीय तहलाई समेत दिएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग