बुटवल २२ वैशाख। प्रदेश ५ को नाम र राजधानी तोक्नका लागि गठन गरिएको विशेष समितिले विज्ञहरुको माग गरेको छ। यस अघि जिल्ला जिल्लामा पुगे सुझाव संकलन गरिएपनि निश्किर्षमा पुग्न नसकिएपछि विज्ञको साहरा खोजिएको हो।
जसका कारण राजधानी तोक्ने प्रक्रिया थप लम्बिने भएको छ। आइतबार बिहान बसेको विशेष समितिको बैठकले नाम र राजधानीका लागि विज्ञ समिति बनाएर सुझाव लिने निर्णय गरेको छ।
सचिवालयले अब विज्ञ समिति गठन गरी सुझाव लिएपछि मात्रै मुल समितिको प्रतिवेदन तयार हुनेछ। यो प्रक्रिया अर्को हिउँदे अधिवेशनमा मात्रै हुने बताइएको छ। प्रदेशसभाको हिउँदे अधिवेशन आइृतबार नै अन्त्य हुदैछ। त्यसलगत्तै बजेट अधिवेशन सुरु हुने भएकाले राजधानीको विषयले प्रवेश नपाउने सांसद नै बताउँछन्। विज्ञ समिति गठन र त्यसले समेत अध्ययन गर्नुपर्ने भएकाले प्रक्रिया एक वर्ष लम्बिने सांसद बताउँछन्। विशेष समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले विज्ञ समिति गठनका लागि सचिवालयलाई आग्रह गर्ने निर्णय गरिएको बताए।
१३ सय सुझावले दिएन निष्कर्ष
उपसमितिले दिएको प्रतिवेदनमा राजधानीका लागि रुपन्देही, दाङ र नाममा लुम्बिनी रहेको छ। १२ वटै जिल्लाबाट संकलन भएका १३ सय १२ सुझावको गणना गरेर जिल्ला तोकिएको छ। सुझावमा सबैभन्दा बढी दाङले ५ सय ५३ मत पाएको छ भने रुपन्देहीले ३५० पाएको एक सांसदले जानकारी दिए। यस्ता सुझाव वितरण पनि पुर्वाग्रही ढंगले गरिएको आरोप कतिपय सांसदहरुले गरेका छन्। समितिले बनाएको प्रतिवेदनमा भने अंग्रेजी वर्णानुक्रम अनुसार नाम राखिएको छ। अर्घाखाचीदेखि प्युठान, बाके, पाल्पा, कपिलवस्तु समेत सुझावमा समेटिएका छन्।
‘लुम्बिनी प्रदेश’ नाममा सहमति नजिक
प्रदेश सभाको उपसमितिका अधिकाश सदस्यहरु प्रदेश ५ को नामका विषयमा करिव सहमतीमा पुगेका छन्। उनिहरुले लुम्बिनी प्रदेशका विषयमा सहमती जस्तै रहेको बताए। कांग्रेस संसदिय दलका सचेतक तथा समितिका सदस्य निर्मला क्षत्रीले अधिकाशले लुम्बिनीमा सहमती जनाएको बताईन्। उनले भनिन्– नाममा खासै समस्या देखिएन तर ठाउका विषयमा हरेकले चासो रहेका छन्। ’ कतिपय सांसदहरुले विकल्पमा बुद्ध भूमि प्रदेशको नाम पनि प्रस्ताव गरेका छन्।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०