बुटवल २२ वैशाख। नेपाली कांग्रेसका पुर्व केन्द्रीय कोषाध्यक्ष तथा पूर्व मन्त्री रामकृष्ण ताम्राकारको १३ औं पुण्य तिथिमा आईतवार उनको गृह जिल्ला भैरहवामा अस्तु विर्सजन गर्दै शोक सभा गरिएको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा उनको अस्तुलाई भैरहवाको स्वर्गद्वारी घाट सेलाउदै शोक सभा गरिएको हो। अस्तु प्रवाह तथा शोक सभामा पार्टीका महामन्त्री डा.शशांङ्क कोइरालाले स्व.ताम्राकारको सपना साकार पार्नका लागि र जनताको जीवनस्तर उकास्नु पर्ने बताए।
स्वर्गीय नेता ताम्राकार एउटा बिकास प्रेमि र स्वच्छ छवीको नेता भएको भन्दै उनले उनको आवश्यकता नेपालको राजनीतिका सधै खड्की रहने समेत बताए। संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाली कांग्रेसलाई सत्याग्रहको दिशामा महत्वपुर्ण भूमिका पुर्याउने ताम्राकारले निरकुंसता बिरुद्ध लड्दै लोकतन्त्र स्थापनामा उनको महत्वपूर्ण योगदान रहेको बताए।
उनी निस्ठावान नेता भएको जिकिर गर्दै नेता खांणले उनका विचार आदर्श भावलाई मनन गर्दै सवै अगाडि बढ्नु पर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, सार्बजनिक लेखा समितिका सभापति भरत कुमार शाह, पुर्व केन्द्रीय सदस्य बाबुराम राना लगायतका केन्द्रीय नेताहरुले ताम्रकारको योगदानको चर्चा गरे। प्रदेश सभाका माननीयहरु प्रमोद यादव, पुष्पा थरुनी, रमा अर्याल, फकरुद्धदिन खान, अष्ठभुजा पाठक, सांसद वसीउदिन खान, इस्तिहाक अहमत खान, देवी चौधरी, मात्रिका प्रसाद यादव, गंगा शाही, दिलीप धिताल लगाएतले मन्तब्य राख्दै ताम्राकारको योगदानको प्रसंसा गरेका थिए।
रुपन्देहीमा रहेर लामो समय राजनीति गरेका ताम्राकारको निधनप्रति दःख व्यक्त गर्दै रुपन्देही काग्रेसले १३ दिनसम्म नै शोक मनाएको छ। १३ दिनसम्म रुपन्देहीमा पार्टी तथा भातृ संगठनका कुनै पनि औपचारिक कार्यक्रम भएका छैनन। ताम्रकारको यही वैशाख ९ गते उपचारका क्रममा ललितपुर स्थित अल्का अस्पतालमा निधन भएको थियो। कांग्रेस रुपन्देहीका सभापती एवं पूर्व राज्य मन्त्री अब्दुल रज्जाकको सभापत्विमा भएको कार्यक्रमको संचालन सचिव रामकृष्ण खाँणले गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम ‘हरिचौर बजार’
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०