मुम्बई इन्डियन क्वाटरफाइनलमा

एजेन्सी
वैशाख २३, २०७६
images_cms-image-000073973

काठमाण्डौ, २३ वैशाख  । आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन पैवेश गरेको छ । आइतबार राति भएको अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि ९ विकेटको सहज जित निकाल्दै मुम्बईले पहिलो क्वालिफायरमा स्थान बनाएको हो । कोलकाता भने हारसँगै आईपीएलबाट बाहिरिएको छ ।

१३४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १६.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा र्गयो । मुम्बईको जितमा कप्तान रोहित शर्माले अविजित ५५ रन बनाउँदा सुर्यकुमार यादव ४६ रनमा अविजित रहे । त्यस्तै, डी ककले ३० रनको योगदान दिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । क्रिस लिनले ४१ र रोविन उथप्पाले ४० रन बनाए ।

कोलकातालाई सस्तैमा समेट्न मुम्बईका लासिथ मालिंगाले तीन विकेट लिए । त्यस्तै, हार्दिक पाण्ड्या र जसप्रित बुम्राहाले समान २–२ विकेट लिए । जितसँगै लिगको शीर्ष स्थानमा रहँदै मुम्बईले पहिलो क्वालिफायर राउण्डमा स्थान बनाएको हो । १४ खेलबाट ९ खेलमा जित र ५ खेलमा हार ब्यहोरेको मुम्बईले १८ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको चेन्नाई सुपर किंग्स पनि पहिलो क्वालिफायरमा प्रवेश गरेको छ । चेन्नाईको पनि मुम्बईकै जति समान अंक भएपनि नेट रन रेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको हो ।यता, दिल्लीले भने तेस्रो स्थानमा रहँदै प्लेअफको इलिमिनेटर राउण्डमा प्रवेश गरेको छ । दिल्लीको पनि मुम्बई र चेन्नाईकै जति १८ अंक भएपनि नेट रन रेटमा पछि पर्दै तेस्रो स्थानमा रहेको हो ।

जारी आईपीएलमा सबैभन्दा बढी भाग्य भने सनराइजर्स हैदरावादको चम्किएको छ । कोलकाता मुम्बईसँग पराजित भएसँगै हैदरावाद पनि प्लेअफको इलिमिनेटरमा प्रवेश गरेको छ । अब क्यालिफायरको पहिलो राउण्डमा चेन्नाई र मुम्बईबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै, इलिमिनेटर राउण्डमा दिल्लीले हैदरावादको सामना गर्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width