दमौली, २३ वैशाख । अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ ।
नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो ।
आइतबार दमौलीमा साभ नेपालका अध्यक्ष तुलसी प्रवासले सीमान्त कुसुण्डा सहयोग अभियानको औपचारिकरूपमा घोषणा गरे । नेपालकै अति लोपोन्मुख जातिको रूपमा रहेका राजामामा कुसुण्डाको गत वर्ष निधन भएको थियो ।
कुसुण्डा परिवारको आर्थिक अवस्था ज्यादै दयनीय रहेकाले सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान शुरु गरिएको उनले सो अवसरमा जानकारी दिए । अभियानअन्तर्गत पहिलो सहयोग साभ नेपालले नै गरेको छ । साभ नेपालको तर्फबाट सहयोग अभियानमा रु १० हजार सहयोग गर्ने प्रवासले प्रतिबद्धता जनाए ।
उनका अनुसार अभियानका लागि देश तथा विदेशबाट समेत सहयोगको प्रतिबद्धता आएको छ । सीमान्तलाई कक्षा १२ सम्म पढाउने र उनको स्वास्थ्य उपचार खर्च सबै ब्यहोर्ने उद्देश्यले सहयोग अभियान घोषणा गरिएको हो ।
उनका अनुसार अभियानबाट सङ्कलित रकमले कोष बनाइनेछ । उक्त कोषबाट प्राप्त रकमले सीमान्तको शिक्षा र स्वास्थ्य उपचारमा खर्च गरिनेछ । उनले भने “सिधै हातमा पैसा दिनेभन्दा पनि स्वास्थ्य र शिक्षामा लगानी गर्ने उद्देश्य हो । साथै चाडपर्वको समयमा चाडपर्व मनाउन समेत केही पैसा दिने योजना बनाएका छौँ ।” अभियानबाट सङ्कलित रकमलाई पारदर्शी बनाउने समेत प्रतिबद्धता उनले व्यत्तः गरेका छन् । सीमान्त व्यास नगरपालिका–१० डिहीगाउँस्थित शतिस बोर्डिङ स्कूलमा अध्ययनरत छिन ।
Related News
सम्बन्धित समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
बजेट अधिवेशन आजदेखि
नियुक्ति बदरमा अन्तरिम आदेश यथावत्
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९