पर्वत, २२ वैशाख । गत वैशाख २ गते राति परेको चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ ।
चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको मोदी गाउँपालिका वडा नं ४ हलहलेकी २२ वर्षीया तारादेवी पुनको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु एक लाख राहत दिएको हो ।
वैशाख २ गते सोमबार घरमै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो । चट्याङबाट घाइते भएकी पुनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । पीडितका परिवारलाई जिल्ला विपत व्यवस्थापन समितिकोतर्फबाट आइतवार राहत रकम हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललेपीडितको घरमै पुगेर उक्त रकम मृतक तारादेवीका श्रीमान प्रेम पुनलाई हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्दै प्रजिअ ढकालले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदनना प्रकट गरे । उनले पीडित परिवारलाई काजकिरियालगायत घरायसी खर्च व्यवस्थापन होस् भनेर गृह मन्त्रालयअन्तर्गत उक्त राहत रकम प्रदान गरिएको बताए ।
सदरमुकामसम्म जानुपर्ने, विभिन्न कागजात र प्रक्रिया मिलाउँदा पीडित परिवारलाई झनै समस्या हुने भएकाले आफू घटनास्थलमै आएर राहत प्रदान गरिएको उहाँको भनाइ छ । मृतक पुनका तीन वर्षीय छोरा रहेका छन भने श्रीमान र सासूआमा घरमा रहेका छन । आर्थिकरुपले विपन्न उक्त परिवारमा तारादेवीको मृत्यु भएपछि झनै ठूलो सङ्कट परेको छ । घरमै आएर सरकारले राहत दिएको भन्दै पीडित परिवारका सदस्यले खुशी व्यक्त गरेका थिए । पर्वतमा वर्षेनी चट्याङका कारण मानवीय वा पशु चौपायाको क्षति हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
बेनी–जोमसोम सडक अवरुद्ध
निशुल्क कपाल काट्ने तालिम
कंक्रिट संरचनाले घट्दैछ धानखेत
‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’
मापदण्ड मिचेका संरचना हटाउन सुरु
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१