नवलपरासी, २२ जेठ । जब सुस्ताको नारायणी नदीमा चारबर्ष अघि नेपाली भूमिसँग सोझै जोड्ने गरी झोलुङ्गे पुल निर्माणको लागि ठेक्का लाग्यो त्यति बेला त्यस क्षेत्रका बासिन्दामा खुसीको सीमा थिएन ।
लाग्थ्यो उनीहरुलाई एउटा युद्ध जितेका छौं तर, त्यो खुसीको सपना विपनामा परिणत हुने दिन नजिकिंदासम्म पनि पुल निर्माणको कामले गति लिन नसक्दा सुस्ताका बासिन्दाको सपनामा तुषारोपात लागेको छ । सरकारले ठेक्का लगाएको चार बर्ष वितिसक्दा पनि पुन निर्माणको कामले गति लिन सकेको छैन ।
आर्थिक बर्ष ०७३।०७४ सम्ममा निर्माण कार्य सक्ने गरी जिम्मा लिएको पुल ०७४।७५ सम्म पनि काममा शून्यमै छ । स्थानीय सरकारले ठेकेदारलाई पटकपटक ताकेता गरेपछि ०७६।०७७ सम्ममा पुल सक्ने प्रतिबद्धताका लागि पुन काम शुरु गरेको थियो ।
नेपाल सरकारसंग सधैं माग गर्दै आउने उनीहरुको माग मध्येको प्रमुख माग भारतले अतिक्रमण गरेको भूमि फिर्ता पाउनु पर्ने पहिलो नम्बरमा हुने गर्दथ्यो भने दोस्रो नम्बरमा नारायणी नदीमा पुल निर्माण पर्ने गदथ्यो । उनीहरुले सके पक्की पुल त नसके झोलुङ्गे पुल भएपनि निर्माण गरिदिनु पर्ने माग गर्दथे ।
सुस्ताबाट नेपालका अन्य भू–भाग आउंन नारायणी नदीमा डुंगा नै तर्नु पर्ने बाध्यता कि त भारतबाट आउनु पर्ने बाध्यता रहेका सुस्ताबासीलाई बर्षाको समयमा भारतले सीमामा कडाई गरिदिने र नारायणी नदीमा पानीको सहत बढ्दा डुंगा चलाउन पनि समस्या भएर आवतजावतमै समस्या हुने गर्दछ । जसले गर्दा पनि उनीहरुले नेपाली बजारमा र नेपालको अन्य भू–भागसँग सहजै जोडिनका लागि नारायणी नदीमा पुल निर्माणको माग गरेका हुन् ।
नेपाल सरकारले पक्की पुल निर्माण नगरेपनि झलुङ्गे पुल निर्माण गरिदिने भएपछि उनीहरुको खुसीको सीमा थिएन, सरकारले ठेक्का लगाए अनुसारको काम अगाडि बढेको भए र सम्झौतामा तोकिएको मिति अनुसार काम सम्पन्न भए उनीहरुले यही असोजसम्ममा झोलुङ्गे पुलबाट यात्रा गर्न पाउथे ।
नारायणी नदीमा पुल निर्माण भए सुस्ताबासीलाई आवात जावतमा सहज हुने मात्र नभई सुस्ताको सुस्ता क्षेत्र आर्थिक रुपमा पनि समृद्ध हुदै जाने सुस्ता गाउंपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको भनाई छ ।
पश्चिम नवलपरासीको पक्लिहवाबाट सुस्ता गाउंपालिकाको सुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माणको लागि केभी एण्डे पशुपति कन्सट्रक्सन कम्पनीले जिम्मा लिएको हो । पछि उक्त पुल बनाउने जिम्मा त्रिशुली एण्ड साहारा जे भीले लिएका हो ।अहिलेसम्म जमिनमुनीको पाइलिङ्ग गर्ने काम पनि नसकेको पाण्डेले बताए । पाण्डेका अनुसार ठेकेदारले अहिले ३ वटा पिल्लरको पाइलिङ्ग (जमिन मुनिको काम) सकेको छ । जब कि पुलको डिजाइनमा १४ वटा भन्दा बढी पिल्लर राख्नु पर्ने गरी डिजाइन गरिएको छ ।
सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले झलुङ्गे पुल निर्माण हुन सके सुस्ताबासीका आधा समस्या हल हुन्छ । सधै भारतीय बाटो प्रयोग गरेर बजार आउजाउ गर्नु पर्दैन भने सुस्तामा उत्पादिन उखु, भेली जस्ता सामग्रीरु सजिलै नेपाली बजारसम्म ल्याउन सकिन्छ ।
कम्पनीले निर्माण सम्झौता गरे लगतै केही निर्माण सामग्रीह? फलामे रड, फलामे पाता, जेनेरेटर, जेसिभी, फलामका जाली लगायतका सामग्रीह? छाडेर गएको छ भने बेला बेलामा प्राविधिक आएर ड्रिलिङ्ग गरेर जमिन मुनिको सतहको अवस्था परीक्षण गर्ने गरेका छन् तथापि अहिलेसम्म जम्मा ३ वटाको मात्र सकिएको छ ।
नवलपरासीको सुस्तामा २२ करोड ८० लाखको लागतमा पुल निर्माणका लागि उसले ठेक्का लिएको थियो ।उक्त झलुङ्गे पुल१ हजार पांच सय ७१ मिटर लम्बाई र १ दशमबल ७ मिटर चौडाईको झलुङ्गे पुल हुने छ ।
यो बर्ष पुल निर्माणको केही काम भएको भए पनि ठेकेदार पक्ष पुन एक महिनादेखि काममा नफर्किएको पाण्डेले बताए । ठेकेदार पक्षले निर्माण स्थलमा विद्युतको सहज आपूर्ति गरिदिन माग गरेको बताए । पाण्डेले भने – अलि धेरै निर्माण सामग्री झारेर काम गर्छ भन्ने विश्वास दिलाए, मैले विद्युत आपूर्तिको व्यवस्था मिलाउने थिए । केही सामग्री झारेकै छैन । कसरी विश्वास गरेर उनीहरुले भनेको मान्ने ?
फोटो छ पुल ।
Related News
सम्बन्धित समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
hero news full width
मुख्य समाचार
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१