कर्णालीको नून–चामल बाटामै बेचिने आरोप

रासस
वैशाख २२, २०७६
ROS_KTM_20190505_IMG_9088

काठमाडौँ, २२ वैशाख । राजधानीको मुटुमा रहेको सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम आउँदै गर्दा कर्णालीमा बाटाबाटै नून बेचिन्छ, चामल बेचिन्छ । अरू धेरै चीज बेचिन्छ । यो प्रतिनिधिसभाको बैठकमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतको भनाइ हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद महतले कर्णाली प्रदेशलाई नीति तथा कार्यक्रममा समावेश नगरेकामा गुनासो गरे । कर्णालीका लागि गएको नून–चामल बाटामा बेच्नेहरुमाथि कारवाही गर्न पनि माग गरे ।

केही दिन पहिले जाजरकोटमा नेपाल खाद्य संस्थानले पठाएको चामल बाटामा नै बेचिएको समाचार सार्वजनिक भएको थियो । सांसद महतले भने “नीति तथा कार्यक्रम राम्रो छ, यो मेरो पार्टीको सरकार हो तर कर्णालीलाई जुन उचाइबाट सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो त्यसो भएन, त्यसमा कमजोरी भएको छ ।”

कर्णालीका जनताले सिटामोल र अहेव खोजिरहेको भए पनि गणतन्त्रमा समेत जनशक्ति नपाएको गुनासो गरे । सांसद महतले भने “हामी कर्णालीमा डाक्टर खोजिरहेका छाँै तर सुगम क्षेत्रका तपाईंहरु डाक्टर अब बढी भयो भनिरहनु भएको छ, हामी खरिदार मुखिया खोजिरहेका छौँ, तपाईंहरु रोजी रोजी सचिव फेरिरहनुभएको छ । हामी उता खच्चड र ट्याङ्करलाई माला लगाइरहेका छौँ, तपाईंहरु विमानस्थल ठूला ठूला बनाउने भनिरहनुभएको छ । ठूला विमानस्थल पनि बनाउने हो तर कर्णालीलाई पनि सम्बोधन गर्नुप¥यो भन्ने मेरो भनाइ हो ।”

अर्को प्रसङ्गमा सांसद महतले चेस खेलाडीको उदाहरण दिँदै भने “आफूले खेल्दा सही चाल नचाल्ने, अरूले खेल्दा भने यो चाल र ऊ चाल भन्ने भएजस्तै भएको छ नेपाली काङ्ग्रेसको हालत ।”

सांसद महतको धारणामाथि प्रतिक्रिया जनाउँदै काङ्ग्रेसका सांसद सञ्जयकुमार गौतमले भने, “चेस खेल्दा यसो गर उसो गर भनेको होइन । तथ्यमा रहेर विरोध गरेको हो ।” उनले सरकारको नीति तथा कार्यक्रम ‘बोल्ड डिपार्चर’ हुने अपेक्षा राखेको भए पनि अनावश्यक कुरा राखेर तथ्यमा आधारित नभएको बताए ।

सांसद गौतमले भने “प्रधानमन्त्री एक महीना पहिले (गत चैतमा देशभर आठ सय किलोमिटर सडक कालोपत्र भन्नुभयो तर एक महिनापछि नीति तथा कार्यक्रममा एक हजार ६०० किलोमिटर सडक कालोपत्र भयो भन्ने आएको छ । एक महीनाको बीचमा यति धेरै बाटो कसरी कालोपत्र भयो ?” उनले पूँजीगत खर्च ३८ प्रतिशत मात्रै भएको छ भन्दै पूर्वाधारका क्षेत्रमा सोचेअनुसारको काम नभएको आरोप लगाए ।

काङ्ग्रेसकै राजेन्द्रकुमार केसीले माथिल्लो तामाकोशीजस्ता ठूला परियोजना समयमै सकिएको भए देशको कूल गार्हस्थ्य उत्पादनमा ठूलो परिणाम प्राप्त हुने बताए । ठूला परियोजनालाई समयमै सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

काङ्ग्रेसकै सत्यनारायण खनालले सिटामोल नपाएका जनतालाई सिटामोल पाउने र भोकै रहेका नागरिकलाई भोको रहनु नपर्ने व्यवस्था गर्ने नीति तथा कार्यक्रम जरुरी रहेको बताए । उनले भने “वैदेशिक रोजगारीको कथा कति दर्दनाक छ ? महिलाको पीडा कति भयावह छ ? यसतर्फ नीति कार्यक्रमले बोल्नुपर्ने होइन र ?”

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width