दमौली, २२ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।
आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले ती विद्यालयमा शिक्षक अभाव भएकाले पठनपाठनमा समस्या हुन पुगेको जानकारी दिए । शिक्षक सेवा आयोगबाट शिक्षकको नतिजा प्रकाशन भएसँगै ती विद्यालयमा शिक्षक अभाव भएको उनले बताए ।
“ती विद्यालयमा पढाइरहेका शिक्षकमध्ये कतिपयले नाम निकाल्न सक्नुभएन र केहीले अवकाश रोजे । जसका कारण विद्यालयमा शिक्षक अभाव हुन पुग्यो ।” उनका अनुसार शिक्षक कम भएका ती विद्यालयमा शिक्षक व्यवस्थापनका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ ।
ती विद्यालयमध्ये केही विद्यालय मर्ज गर्नुपर्ने अवस्थासमेत रहेको छ । उनले भने “केही विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून छ, त्यस्ता विद्यालय मर्जको प्रक्रिया बढाइएको छ, कम विद्यार्थी भएको विद्यालयमा सहजकर्ताले पढाइरहेका छन् ।
वडा नं ३ स्थित परोपकार प्राथमिक विद्यालयमा समेत वैशाख २६ गतेबाट शिक्षक अभाव हुने उनले बताए । उनका अनुसार उक्त विद्यालयमा कार्यरत दुई शिक्षकमध्ये एक अस्थायी शिक्षक परीक्षामा फेल भएको र अर्को एक आगामी वैशाख २६ गतेबाट निवृत्त हुँदैछन ।
आँबुखैरेनी गाउँपालिकाभित्रका ३८ विद्यालयमा १७८ शिक्षक कार्यरत थिए । ३० अस्थायी शिक्षकमध्ये केहीले अवकाश रोजे भने केहीले परीक्षामा सहभागी भएर नाम निकाल्न सकेनन । गाउँपालिकाभित्रका एक शिक्षकको सरुवा भइसकेको छ भने एक सेवा निवृत्त हुने तयारीमा छन ।
Related News
सम्बन्धित समाचार
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
hero news full width
मुख्य समाचार
आहा रारामा ११ टिम टुंगो
करार फालेर करार नियुक्त गर्दै महानगर
माघ १३, २०८१भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१