पोखरा, २१ वैशाख। नेपालमा मेडिसिनसम्बन्धी चिकित्सा सेवामा विशिष्ट योगदान पुर्याएवापत बेलायतको एफआरसिपी उपाधिबाट डा बुद्विबहादुर थापा विभूषित भएका छन्।
करिब चार दशकभन्दा बढी समयदेखि चिकित्सा सेवामा योगदान पुर्याउँदै आएका डा थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा प्रमुख कन्सल्टेण्ट फिजिसियन हुन्।
नेपालका फिजिसियनहरुको छाता संगठन सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(साईमन) को काठमाडौंमा आयोजित १४ औँ अन्तराष्ट्रिय सम्मेलनमा डा थापासँगै नेपालका पाँच जना फिजिसियनलाई सो उपाधिबाट विभूषित गरिएको हो।
जसमा नर्भिक अस्पतालका सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट प्राडा यादव भट्ट, निदान एवं नेपाल क्यान्सर अस्पतालका पेटरोग विशेषज्ञ डा नीरज जोशी, काठमाडांै मेडिकल कलेजका न्यूरोलोजिष्ट प्राडा रवीन्द्र श्रेष्ठ र चितवन मेडिकल कलेजका प्राडा शीतल अधिकारी छन्। उनीहरुलाई बेलायतको रोयल कलेजका अध्यक्ष प्रोफेसर डिरिक बिलले विभूषित गरेका थिए। तीन दिनसम्म चलेको सो सम्मेलनमा बेलायत, अमेरिका, इटली, भारत, पाकिस्तान, बंगलादेश र नेपालका करिब पाँच सय जना चिकित्सकको सहभागिता थियो।
बेलायतको शैक्षिक संस्था रोयल कलेज अफ फिजिसियन इडिनर्बुगको सहकार्यमा भएको सम्मेलनमा दीर्घकालीन रोगको उपचार र मेडिसिनसम्बन्धी सम्पूर्ण विधाका शोधपत्रमा छलफल भएको थियो।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०