दिगो बिकास लक्ष्य शिक्षा बाड्दै

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७६
education

पोखरा, २१ बैशाख । संयुक्त राष्ट्र संघको २०१५को राष्ट्र संघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर लागु भएको दिगो विकास लक्ष्य सम्बन्धि शिक्षा प्रदान कार्यक्रम पोखरामा एस.डी.जी .नेटवर्क नेपालको आयोजना सम्पन्न भएको छ।

सो कार्यक्रमको संयोजन माछापुच्छ्रे महिला क्लबले गरेको थियो। २०३० सम्म सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि १७ लक्ष्य ल्याईएको थियो।

दिगो बिकास लक्ष्य शिक्षाको सहजीकरण एस।डी।जी नेटवर्क नेपालका संस्थापक सम्राट गुरुङले गर्नु भएको थियो। सो कार्यक्रम माछापुच्छ्रे महिला क्लबका सचिव संगिता शर्माको अध्यक्ष्तामा भएको थियो। कार्यक्रममा विधार्थीहरु आयुष सापकोटा, जेसिका गुरुङ, प्रसिद्ध शर्मा , गरिमा श्रेष्ठ, शिक्षा पोख्रेल, अर्पण पौडेल र अमृत गुरुङले प्रस्तुतिकरण पनि गरेका थिए।

कार्यक्रममा रत्नजोती, मदरल्याण्ड, एस.ओ.एस गण्डकी, सेन्ट मेरिज र फिस्टेल एकेडेमीका विधार्थीहरुको सहभागीता रहेको थियो।

सो कार्यक्रममा माछापुच्छ्रे महिला क्लबका सदस्य सावित्री शर्माले एड।डि।जी क्लबलाई समन्वयको निम्ति धन्यवाद व्यक्त गर्नु भएको थियो भने सहकर्ता सम्राट गुरुङले आगामी दिनमा पनि नेटवर्कको साथसहयोग हुने बताए ।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थी खोज्दै माछापुच्छ्रे मावि

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०७९
    हेमजा । देशभर स्थानीय चुनावको सरगर्मी बढेको छ तर अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माविका शिक्षक भने राजनीतिक दलका सभा सम्मेलन…
  • एसइई परीक्षा आजदेखि, गण्डकीका ४६ हजार परीक्षार्थी

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०७९
    पोखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुँदैछ । कोरोना महामारीका कारण…
  • एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता

    रासस वैशाख ८, २०७९
    बागलुङ । भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने…
  • छानो उडाउँदा विद्यार्थीको बिचल्ली

    रासस वैशाख ७, २०७९
    तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि…
  • शुक्लागण्डकी आविलाई सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०७९
    पोखरा । पोखरा ३३ लामगादीस्थित शुक्लागण्डकी आधारभूत विद्यालयलाई सहयोग प्राप्त भएको छ । स्थानीय समाजसेवी लेखापढी तथा कानुन व्यवसायी रेशमबहादुर…

hero news full width