समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण हुने

रासस
वैशाख २१, २०७६
Baburam-Bhattarai-and-Upendra-Yadav

काठमाडौँ, २१ वैशाख । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएको छ । दुवै पार्टीबीच शनिवार भएको छलफलले यही सोमबार (वैशाख २३ गते) एकीकरण घोषणा गर्ने समझदारी भएको हो ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । ‘केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल निर्माण गर्ने ऐतिहासिक समझदारी भएको’ समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रकाशकीय : हामी डगमगाएका छैनौं

    कृष्णप्रसाद बास्तोला, अध्यक्ष/प्रधान सम्पादक वैशाख १, २०८१
    आदर्श समाज राष्ट्रिय दैनिक आजबाट २९ वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका तर्फबाट…
  • गण्डकीको वर्ष ८० : प्रदेश तहमाथि प्रश्न थपिएको वर्ष

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । विकास खर्च कमजोर छ । प्रदेशलाई बलियो बनाउन चाहिने कानुन अझै बनिसकेका छैनन् । सेवा प्रवाह जनमैत्री हुन…
  • सम्भावनाले भरिपूर्ण गैंडाकोट

    आनन्द पोखरेल वैशाख १, २०८१
    गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्लाबाट टुक्रिएर बनेको पूर्वतर्फको खण्ड हो । साविकको नवलपरासी जिल्लाबाट नयाँ जिल्ला बनेको…
  • धार्मिक पर्यटनको गन्तव्य गैंडाकोट

    प्रेम क्षेत्री वैशाख १, २०८१
    नेपालको मध्यभागमा पर्ने नवलुरको गैंडाकोट नगरपालिका धार्मिक हिसाबले महत्वपूर्ण छ । गैंडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै छन् । गैंडाकोट नगरपालिकामा…
  • दुवै पक्षले जित महसुस गर्नेगरी विवाद मिलाउँछौं

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    नेपालमा न्यायसम्पादनको अधिकार ३ तहका अदालतमा रहे पनि नेपालको संविधान २०७२ र कानुनले केही न्यायिक अधिकार स्थानीय तहलाई समेत दिएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग