पोखरा, २१ वैशाख । लायन्स क्लब अफ पोखरा मिड टाउनले पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्य तथा जिन्सी सामान सहयोग गरेको छ । क्लबले करिब ९० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेको कार्यक्रम संयोजक तथा इलेक्ट सचिव विकास भुर्तेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले क्लबले उदाहरणीय काम गरेको भन्दै अन्य संघसंस्थाले पनि यसको अनुशरण गर्नुपर्ने बताइन् । सडकमा बेबारिसे रहेकाहरुको उद्धार र संरक्षण गर्ने दायित्व राज्यको भएकाले सरकार पनि यसमा लाग्नुपर्ने उनको भनाइ छ ।
लायन्सका क्याबिनेट सेक्रेटरी राम बसेलले लायन्स भनेको नै सामाजिक काम गर्नको लागि भएकाले सामाजिक काममा लायन्स क्लब सक्रिय हुनुपर्ने बताए । मिड टाउनले राम्रो काम गरेको भन्दै यस्ता कामलाई निरन्तरता दिन उनले आग्रह गरे ।
क्लबका अध्यक्ष देवी तिमिल्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा पोखरा १७ का वडा सदस्य राधिका साई योगी, आश्रमका संरक्षक होमनाथ तिमिल्सिना, लायन्सका रिजन चियरपर्सन अर्जुन थापा, क्लबका संस्थापक अध्यक्ष कृष्णराज पोखरेल, सचिव दधिराम दाहाल, लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्डसका अध्यक्ष मोहन सुवेदी लगायतले बोलेका थिए । आश्रममा आश्रित रहेका ८६ जनालाई क्लबले शनिबार बिहानको खानासमेत खुवाएकोछ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०