पोखरा, २१ वैशाख । पोखरा उपत्यकाका भित्र कार्यरत् १४ वर्ष मुनिका घरेलु बाल श्रमिकको तथ्याङ्क संकलन गरि सर्वेक्षणको प्रस्तुति तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बालबालिकाको क्षेत्रमा वि.सं. २०५६ साल देखि नै पोखरा उद्योग वाणिज्य संघले यस क्षेत्रमा काम गर्दै आएको बताउँदै पोखरालाई बालमैत्री शहर बनाउँन पोखरा महागरपालिकाले पनि हातेपालो गर्ने बताए ।कानून विपरित बालबालिकालाई घरेलु श्रमिकको रुपमा प्रयोग गरेको खण्डमा कार्बाही हुने समेत बताए ।
सर्वेक्षण तथ्यांकको प्रस्तुति पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनिकरण कार्यक्रमका प्रोजेक्ट कोडिनेटर प्रिति पाण्डेले गरेकी थिइन् । पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनिकरण कार्यक्रमको प्रमुख आयोजनामा पोखरा महानगरपालिकाको सहयोग तथा किडिसाको समन्वयमा भएको पोखराभित्र कार्यरत् श्रमिक बालबालिकाहरुको तथ्याकं प्रस्तुतिमा १४ वर्ष मुनिका बालबालिकालाई श्रमिक रुपमा लगाईनु हुँदैन र लगाईएमा ३ महिना कैद तथा १० हजार जरिवाना हुने कानुन भएतापनि बालबालिकाको अवस्था अझै कहानी लाग्दो भएको देखाएको छ ।
कास्की जिल्लामा मात्रै ३६८ जना बालबालिका घरेलु श्रमीक रुपमा रहेका छन् । १४ देखि १६ वर्ष मूनिका ८० प्रतिशत बालश्रमिक पोखरामा रहेको बताएको छ भने १४ मुनिका २० प्रतिशत छन् भने कास्कीमा २ प्रतिशत बाहिर जिल्लाबाट ६८ प्रतिशत र भरतबाट ३० प्रतिशत बालबालिका श्रमिकको रुपमा आउँने गरेको तथ्याक प्स्तुत गरिएको थियो ।त्यसमध्ये पुरुष ६९ प्रतिशत र महिला ३१ प्रतिशत छन् भने घरेलु कामदारको रुपमा ९५ प्रतिशत बालश्रमिक वा घरेलु श्रमिक भएको पाईएको छ ।
ग्यारेज मोटरसाईकल वर्कसपमा ७६ प्रतिशत, बिजनेसमा ६० प्रतिशत होटलमा ५७ र जम्मा ८५ प्रतिशत बालश्रमिक विभिन्न क्षेत्रमा पोखरामा काम गरिराखेको पाईएको छ । बालश्रमिकले पारिश्रामिक पाउँने नपाउँने निर्धारन छैन । अहिले सम्म होटल, घरेलु कामदारको रुपमा, वर्कसपमा काम गर्ने फ्रि मा काम गरेको पाईएको छ । भने वर्षमा ५ हजार तलब लिने गरेको बालश्रमिकहरुको गुनासो छ ।
उक्त तलब पनि बालबालिकाहरुका अभिभावकले बुझ्ने गरेको पाईएको छ । भने छलफलमा पोखरा बालश्रम न्यूनिकरणका अध्यक्ष राजेन्द्र कुमार लालचनले पोखरामा बाल श्रमिकको अवस्था अझै जटिल भएको बताउँदै १४ वर्ष मूनिका बालबालिकाको शिक्षा, स्वास्थ्य पाउँने पर्ने अधिकारमा सबै सम्बन्धित निकायहरुको ध्यान जानुपर्ने बताए ।
छलफलमा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, त्यसैगरी उपाध्यक्ष विन्दु कोइराला सुवेदी, उपमहासचिव चिनु गुरुङ, कार्यसमिति सदस्य मुना बाँस्तोला, कास्की मोटर साईकल एसोसिएसनका उपाध्यक्ष कृष्ण रोका, किडासा रमेश बाँस्तोला, कास्की श्रम तथा रोजगार कार्यलयका प्रमुख गणेश श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।
Related News
सम्बन्धित समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०