बुटवल २१ बैशाख । वालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका महासचिव तथा संघीय सांसद विष्णुप्रसाद पौडेलले लज्जित बनाएको उनका प्रत्यासि रुपन्देही क्षेत्र न २ कांग्रेस नेता युवराज गिरीले बताएका छन् ।
उनले राजनीतिक नैतिकता भए राजीनामा दिन पनि आग्रह गरेका छन् । पौडेलका कारण ’रुपन्देही क्षेत्र नम्बर २ को मतदाता र बासिन्दा हुँ’ भन्न समेत लज्जाबोध भइरहेको भन्दै कांग्रेसका प्रत्याशी गिरीले बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्नुको साटो सरकारले पौडेललाई उन्मुक्ति दिन लागि परेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा रुपन्देही क्षेत्र नम्बर २ मा पर्ने प्रदेश सभा,नगरपालिकाका मेयरका प्रत्यासिहरु जनतालाई लज्जित बनाएको घटनामा पौडेलको राजिनामा माग गरे । पत्रकार म्मिेलनमा गिरीसहित प्रदेश सभाका प्रत्याशीहरु काजिमान श्रेष्ठ र महेशमान सिह,तिलोत्तमा नगरपालिकाका प्रमुखका प्रत्याशी रामकृष्ण खाँण, बुटवल उपमहानगरका खेलराज पाण्डे र सैनामैना नगरपालिकाका फणिन्द्र शर्मा रहेका छन् । चुनाव जितेका पौडेल आफै सरकारी जग्गा हडप्न तल्लीन रहँदा रुपन्देही क्षेत्र नम्बर २ का जनताको शिर निहुरिएको उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका प्रत्याशी गिरीले बालुवाटार जग्गा प्रकरणमा शेरबहादुर देउवा नै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताए । ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन होस् र दोषीमाथि कडाभन्दा कडा कारबाही होस् भन्ने पक्षमा कांग्रेस रहेको उनीहरुको भनाइ छ ।
बुटवल उपमहानगरका मेयरका प्रत्यासी पाण्डेले राजधानीमा वसेर बुटवलका जनतालाई झुक्याउने पौडेललाई कारवाही नभए कांग्रेसले आन्दोलन चर्काउाने बताए ।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९