‘मनमा दुःखको सागर उर्लिएकै भए पनि
छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि ।
सन्तानको भोक देख्दछिन् खानाको गाँसगाँसमा
छोराछोरी अटाउँछन आमाको साससासमा ।।’
शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए ।
मातातीर्थ औँसीअर्थात ‘आमाको मुख हेर्ने दिन’ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १४ छात्र–छात्राले आमाको महिमा, आमाका दुःख कष्ट र सन्तानका लागि आमाले गर्ने त्याग र महानताका कविता सुनाएका थिए ।
‘आमाका आँखामा मैले विश्व ब्रह्माण्ड देख्दछु
आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु ।’
कक्षा १० का छात्र रोहित थापाले ‘आमा’ शीर्षकको यो कविता वाचन गर्दा विद्यार्थी मात्रै होइन शिक्षक÷शिक्षिकासमेत दङ्ग परे । सबैको एउटै कामना थियो सबै छोराछोरीको बिहे पछि र कमाउने भएपछि पनि आमा बाबाप्रति यस्तै भावना, विचार र व्यवहार भैदिए हाम्रो समाजमा वृद्धावस्थामा कोही पनि आमाबाबा निराश हुनुपर्ने थिएन । कही कतै वृद्धाश्रम बनाउनुपर्ने पनि थिएन ।
तर, कवितामा पोखिएका भाव र विचार व्यवहारमा भने लागू गर्न नसक्दा आफ्नै सन्तानबाट उपेक्षित बनेर सहाराविहीन भएका आमा आज वृद्धाश्रममा भेटिने गर्दछन । प्राण जतिकै माया ममता दिएर हुर्काएका सन्तानले जब बूढेसकाल वा अशक्त अवस्थामा अपहेलना गर्छन त्यति बेला जुनसुकै आमाको मन पनि कुडिने कुरा छात्रा काजल केसीले आफ्ना कविताका हरफमा यसरी व्यक्त गरे ।
वृद्धाश्रम बने किन ? सन्तान हो, भन्न सक्दछौँ ?
आफ्नै आमालाई हेला, सन्तान हो किन गर्दछौँ ?
बूढेसकालको व्यथा तिमीले पनि भोग्ने छाँै
त्यति बेला अनि तिमी आमाको दुःख देख्ने छौँ ।।
काजलका कविताको यो हरफमा व्यक्त भएका शब्दसँग नेपाली समाजको यथार्थता मेल खाएको शिक्षक वीरबहादुर गुरुङले बताए । “आफ्नै आमाबाबाप्रति असहिष्णु बन्ने व्यक्ति समाज र देशका लागि सहिष्णु र जिम्मेवार बन्नै सक्दैन”, गुरुङले भने । छोराछोरीको रेखदेख र स्याहारसुसारमा बूढ्यौली जीवन कटाउने अपेक्षामा रहेका आमाले सबैभन्दा दुःखको अनुभूति त्यतिबेला गर्छन्, जतिबेला आफ्नै सन्तानबाट उपेक्षित र बोझ बनेर बस्नुपर्छ ।
मातापितालाई देवतासरह मान्नुपर्छ भन्ने संस्कार सिकाउने हाम्रो आदर्श वाक्य रहे पनि त्यो व्यवहारमा भने लागू हुन नसकेको ८४ वर्षीय बेदप्रसाद उपाध्यायले बताए । विद्यार्थीले कवितामा व्यक्त गरेका भाव र विचार वयस्क मानिसले व्यवहारमा उतार्ने हो भने संसारका कुनै पनि आमाले दुःख पाउनु नपर्ने र आफ्ना सन्तानप्रति कुनै गुनासा नआउने शिक्षक प्रेम शाही ‘समुन्द्री’ले बताए ।
कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भावना शेरबुजाले आमाको तुलना संसारका कुनै चिजसँग गर्न नसकिने बताउँदै आफूलाई मनपर्ने कविताको हरफ सुनाए ।
‘संसारमै छ सबै चिज, खोजे मिल्छ घरी घरी
तर जन्म दिने आमा पाइँदैन कसै गरी ।’
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०