काठमाडौँ, २० वैशाख । नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
विभागको होटल तथा पर्वतारोहण शाखाले शुक्रवार एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको हो ।
“नेपालका विभिन्न क्षेत्रका भ्रमणमा रहेका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल गएका पर्यटक तथा पर्यटकलाई
व्यवस्थापन गर्ने संस्थालाई प्रतिकूल मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित ठाउँमा राख्न आग्रह गर्दछौँ,”–विज्ञप्तिमा भनिएको छ । विभागका निर्देशक मीरा आचार्यले तराई तथा पहाडी क्षेत्रमा भिषण हावाहुरी आउनाका साथै पानी पर्न सक्ने भएकाले त्यसबाट जोगिन समेत सबैलाई आग्रह गरिन् ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९