तानसेन, १९ वैशाख। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अवसरमा तानसेनमा प्रभातफेरी र अन्तरक्रिया गरिएको छ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर ‘डिजिटल नेपाल : विकास र समृद्धिको आधार’ नारासहित कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान महासंघ) पाल्पाले सो कार्यक्रम गरेको हो।
प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सूचना प्रविधिको क्षेत्रमा सचेतना बढाउँदै जिल्लालाई सूचना प्रविधिको क्षेत्रमा अगाडि बढाउन आग्रह गरे। उनले पाल्पाली सूचना तथा तथा सञ्चारप्रविधि क्षेत्रले कार्यक्रम आयोजना गरी प्रविधिमार्फत जागरण ल्याउने कार्यक्रम गरेकोमा बधाईसहित शुभकामना दिए।
क्यान पाल्पाका निवर्तमान अध्यक्ष एवं प्रदेश ५ का सहसचिव भोजराज भट्टराईले क्यानको उद्देश्य सूचना, सञ्चार र प्रविधिको विकाससँगै देशलाई समृद्ध बनाउनु रहेको जनाउँदै सवै आइटी क्षेत्रका क्रियाशील संघ संस्था र व्यक्तिहरूलाई समेटेर अगाडि बढ्नुपर्ने बताए। उनले संघ सरकारले दिवसको रूपमा मान्यता दिएको सन्दर्भमा प्रदेश तथा स्थानीय सरकारले दिवसको सन्दर्भमा चासो दिदै समन्वयात्मक भूमिका खेल्नुपनेर्मा जोड दिए।
कार्यक्रममा प्याब्सन पाल्पाका उपाध्यक्ष महेश बज्राचार्यले पाल्पाली सूचना प्रविधिको हव बनाउन आइटी व्यवसायीसँग प्याव्सन सहकार्य गर्न तयार रहेको जनाए। उनले प्याब्सनले सूचना तथा सञ्चार प्रविधिको प्रसस्त प्रयोग गर्दै विद्यालयहरूको कार्यक्रमलाई सहज बनाएको बताए। सोही कार्यक्रममा सिएस आइटीका महासचिव सुदिप पौडेलले क्यानले सूचना प्रविधिको क्षेत्रमा गरेको कार्यक्रमहरू प्रशंसनीय रहेको बताए।
कार्यक्रमका अध्यक्ष क्यान महासंघ पाल्पाका अध्यक्ष महेश शर्माले कार्यक्रम सफल पार्न सहयोग गर्ने सवै संघ संस्थाहरूलाई धन्यवाद दिँदै पाल्पाका सूचना तथा सञ्चार क्षेत्रको व्यापीकरण गर्न सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै क्यान महासंघ पाल्पा अगाडि बढ्ने बताए।
क्यान महासंघ पाल्पाका उपाध्यक्ष थमन सारूले स्वागत सहित सूचना तथा सञ्चारप्रविधिको प्रचार गर्दै व्यवस्थित प्रयोग गर्नुपनेर्मा जोड दिए।
कार्यक्रम क्यान महासंघ पाल्पाका कार्यसमिति सदस्य गोपाल गैरेले सञ्चालन गरेका थिए। क्यान महासंघ पाल्पाले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विभिन्न कार्यक्रमहरू विगतदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको छ। हाल क्यान महासंघ पाल्पामा ४० बढी क्रियाशील सदस्यहरू आवद्ध छन्।
Related News
सम्बन्धित समाचार
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१