लमजुङ, १९ वैशाख। लमजुङमा गुरुङ जातिको क्व्होइँबो धीं अर्थात् गुरुङ वेद सिक्ने पाठशालाको निर्माण गरिने भएको छ। वेशीसहर– ७, स्थित सातबिसेमा उक्त पाठशाला शिलान्यास गरिएको हो।
निर्माणाधिन क्होइँबो धींको क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले शिलान्यास गरेका हुन्। गुरुङ पुरोहित पच्यु गुरु लालबहादुर गुरुङले भूमिपूजा गरी शिलान्यास शुरुवात गरिएको थियो।
अध्यक्ष घलेले गुरुङ समुदायले आफ्नौ धर्म, संस्कार, संस्कृति भुल्न नहुने बताए। उनले धर्म, संस्कार र संस्कृति भुलेमा पहिचान हराउने भन्दै यसतर्फ युवा पुस्ता एक हुनुपर्ने बताए।
क्होइँबो धीं निर्माण प्रवास शाखा संयोजक आसबहादुर गुरुङले गुरुङ समुदायको धर्म, भाषा, संस्कार तथा संस्कृति जोगाउन अग्रसर स्थानीय क्होइँबो धीं निर्माणमा एकजुट भएको बताए। उनका अनुसार क्वाइँबो धीं निर्माणका लागि प्रवासमा सहयोग संकलन भइरहेको छ।
तमु प्ये ल्हु संघ लमजुङ शाखाले क्व्होइँबो धीं निर्माण थालेको संघका अध्यक्ष क्या मिलबहादुर गुरुङले बताउँछन्। उनका अनुसार गुरुङ समुदायको प्ये अर्थात वेद पाठ गरी गरिने संस्कार नयाँ पुस्तामा हस्तान्तरण गर्न क्व्होइँबो आवश्यक रहेको अनुभव गरिएका कारणले निर्माण गर्न लागेको हो। गुरुङ संस्कार संस्कृति लोप हुँदै गएको र वेद तथा शास्त्र हराउँदै गएकाले पाठाशाला स्थापनाका लागि क्व्होइँबो धीं निर्माण गर्न लागिएको हो।
गुरुङ समुदायका कुनै पनि व्यक्तिको निधन हुँदा वेद पढेर शास्त्रअनुसार अन्तिम संस्कार गर्ने गरिन्छ। विगतमा मौखिम रूपमा पढ्ने वेदलाई पछिल्लो समय लिखित रूपमा उतार्न थालिएको छ।
तमु प्ये ल्हु संघले प्रवास तथा विभिन्न व्यक्तिबाट सहयोग संकलन गरी २५ लाख रुपैयाँको लागतमा करीब ४ आना जग्गा खरिद गरेको तमु प्ये ल्हु संघका अध्यक्ष क्या मिलबहादुर गुरुङले बताए। उनका अनुसार क्होइँबो धीं निर्माणका लागि गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ। करीब ७० लाख रुपैयाँ लाग्ने उक्त क्होइँबो धीं निर्माणका लागि प्रसास तथा स्वदेशमा सहयोग संकलन गरिने सो समितिले जनाएको छ। क्होइँबो धीं निर्माणस्थलसँग जोडिएको ८ आना २ दामको जग्गा किन्ने प्रक्रियामा रहेको तमु प्ये ल्हु संघ लमजुङकी सचिव मनमाया गुरुङले जानकारी दिइन्।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम ‘हरिचौर बजार’
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०