पर्वत, १९ वैशाख। हुरीबतास र असिनापानीका कारण पर्वतका दुई विद्यालय पूर्णरूपमा भत्किएका छन्।
बुधवार दिउँसो आएको ठूलो हुरीबतासका कारण पर्वतको कुश्मा नगरपालिका– १२ ठुलीपोखरीस्थित जनज्योति प्राविको चारकोठे भवनको पुरै छाना उडाउनुका साथै विद्यायको भवनमा समेतमा क्षति पुगेको छ।
विद्यालयको छाना उडाएपछि विद्यार्थीको पढाई समेत प्रभावित हुने भएको छ।
अन्तराष्ट्रिय श्रमिक दिवसका कारण विद्यालय बन्द रहेकाले मानवीय क्षति हुन नपाएको प्रधानाध्यापक नरबहादुर जिटीले जानकारी दिए।
उनका अनुसार विद्यालय तत्काल मर्मत गर्न नसकेमा पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको छ। कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा झण्डै एक सय विद्यार्थी छन्।
विद्यालयका दुईवटै भवनको छाना उडाएको र पर्खालमा समेत क्षति पुगेको छ। स्थानीयवासीका अनुसार अहिलेसम्मकै ठूलो हुरी चलेको हो।
भवन पुनःनिर्माण नै गर्नुपर्ने गरी भत्किएकाले तत्कालका लागि त्रिपाल टाँगेर पढाइ सञ्चालन गर्ने तयारी भएको प्रअ जिटीले बताए।
त्यस्तै कुश्मा नगरपालिका– १४ आर्थरडाँडाखर्कस्थित औँसेलुचौरमा रहेको प्रगति प्राविको भवनसमेत पूर्णरूपमा भत्किएको छ।
विद्यालयको चारकोठे भवन पूर्णरूपमा क्षति पुगेको स्थानीयवासी नवराज क्षेत्रीले जानकारी दिए। उनका अनुसार विद्यालय मर्मत गरेर नियमित पठनपाठन सञ्चालन गर्न केही दिन लाग्ने भएकाले बन्द गर्नुपरेको बताए।
संयोगले हिजो बिदाको दिन परेकाले ठूलो क्षति हुन नपाएको हो। हावाहुरी र असिनाले जिल्लाको पिपललटारी, कटुवाचौपारी, शङ्करपोखरी, धाइरिङ, पाङ, दुर्लुङलगायतका क्षेत्रका बालीनाली र कच्ची घर तथा सार्वजनिक भवनमा क्षति पुगेको स्थानीयवासीले बताएका छन्।
त्यस्तै जिल्लाको जलजला गाउँपालिकाको शालिजा, धाइरिङ, बनौ, कुश्मा नगरपालिकाको पिपलटारी, ठुलीपोखरी, खौलालाकुरी र मोदी गाउँपालिकाको देउपुर, महाशिलाको लुङ्खुदेरालीलगायतका क्षेत्रमा बाक्लो असिना परेको छ।
आधा घण्टाभन्दा बढी समय परेको असिनाले बालीनालीमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ।
कार्यालय प्रमुख बासु रेग्मीका अनुसार प्लाष्टिकका टनेल र बेमौसमी तरकारीमा ठूलो क्षति पुगेको भए पनि यकिन विवरण भने आइसकेको छैन।
Related News
सम्बन्धित समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
hero news full width
मुख्य समाचार
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०