पोखरा, २० वैशाख । नेपालका अधिकाशं भागमा शुक्रवार विहानै देखि मौसम परिवतृन भइरहेको छ, केही समय घामलाग्ने त केही समय कुहुरो लागेको छ ।
काठमाण्डौ, पोखरा र बुटवल तथा देशका पूर्वी शहरहरुमा शुक्रवार विहानदेखि नै मौसम फेरवहल भइरहेको छ, जसका कारण अधिकाशंमा हावाहुरी नेपालमा पनि आई मानवीय र भौतिक क्षति हुने त हैन आशंका वढीरहेको छ ।
देशका प्राय सबै भू–भागमा मौसम बदली भई हावाहुरी र पानी पर्ने पूर्वानुमान गरिएको छ । बंगालको खाडीबाट विकसित भएको शक्तिशाली चत्रवात ‘फानी’ तथा पश्चिमी वायुको प्रभावले बिहीबार साँझदेखि शनिबारसम्म नेपालको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बंगालको खाडीमा विकसित भएको शक्तिशाली चत्रवात ‘फानी’ शुक्रबार दिउँसोबाट नेपाल प्रवेश गर्ने अनुमान छ,’ मौसमविद्का अनुसार यसको असर पूर्व र मध्य नेपालमा बढी पर्ने देखिन्छ। फानीको प्रभावले हावाहुरीसहित चट्याङ र वर्षा हुने अनुमान मौसमविद्को छ। हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने बताइएको छ ।
बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित भैइरहेको ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ अघि बढिरहेको छ। यसले भारतमा भने धेरै असर गर्ने अनुमान नेपालका मौसमविद्को छ। शुक्रबार अपरान्हपछि नेपालमा पनि यसको असर देखिन सक्ने भएकाले सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ। महाशाखाका अनुसार पश्चिमी वायुको कारण बिहीबार साँझदेखि शुक्रबार दिनभरी जसो नै नेपालको पश्चिम र मध्य क्षेत्रको मौसम बदली हुने छ। कतिपय ठाउँमा मेघगर्जन र हावाहुरीसहित बर्षा हुनेछ । बुधबार साँझ स्थानीय वायुको प्रभावले काठमाडौँ र पोखरा उपत्यकासहित तराई क्षेत्रमा हावाहुरीसहित सामान्य वर्षा भएको थियो ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९