काठमाण्डौ, २० वैशाख । सरकारले आगामी आर्थिक वर्ष ०७५र७६ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गर्ने तयारी गरेको छ ।
बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले सङ्घीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
संघीय संसद सचिवालयका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम शुक्रबार अपराह्न ४ बजेपछि संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन ।
यसअघि बजेटपूर्वको छलफलपछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिएको थियो । तर, यसपटक बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्न लागेको छ । जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।
नीति तथा कार्यक्रमलाई सरकारको आधार मानिन्छ । यसकै आधारमा सरकारले जेठ १५ गते प्रस्तुत गर्ने बजेट निर्माण गर्नेछ । सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रममा अघिल्लो वर्ष देखिएका त्रुटिहरु सच्याउँदै अधिकाश कार्यक्रमलाई निरन्तरता दिने अनुमान गरिएको छ । गत वर्षको भन्दा थप जनमुखी कार्यक्रमहरुलाई पनि नीति तथा कार्यक्रममा प्रस्तुत गरिने सरकारले जनाएको छ ।
नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि त्यसबारे छलफल हुनेछ । संघीय संसद् सचिवालयले बढीमा ३ दिनसम्म यसबारे छलफल चलाउने तयारी गरेको छ । छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि त्यसको अनुमोदन प्रक्रिया अघि बढ्ने छ ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९