पोखरा, २० वैशाख । स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन ।
स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयक तीनदिने तालिमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजार सहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन ।
त्यस्तै स्याङ्जा जिल्ला अन्तर्गतका जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पताल, मालूँगा प्राथमिक स्वास्थ्य केन्द्र, गह्रौ घ्याङ्गलिङ प्राथमिक स्वास्थ्य केन्द्र र पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन । सम्झौता कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ती संस्थालाई स्वास्थ्य बीमा बोर्डको सहयोगमा प्रदान गरिएका ल्यापपटप हस्तान्तरण गरेका थिए ।
सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले सेवा प्रदायकलाई स्वास्थ्य बीमा कार्यक्रमको सुविधा प्याकेज पुस्तिका हस्तान्तरण गरे । पौडेलले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वास्थ्य बीमा कार्यकर्मलाई सबैले मिलेर सफल बनाउनुपर्ने उल्लेख गरे ।
महानगर प्रमुख जिसीले संविधानमा उल्लेखित नागरिकका हक अधिकारसँग सम्बन्धित विषयलाई कार्यन्वयनमा जोड दिँदै समाजवादोन्मुख समाज निर्माणका लागि सबैले स्वास्थ्य बीमा गरी समयमै सुरक्षित हुनुपर्ने बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह र जनताका बीचमा सहकार्य गरी अगाडि बढाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले आगामी आर्थिक वर्षसम्म देशका सबै जिल््लामा बीमा कार्यक्रम सञ्चालन गरिने बताए । स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले सरकारले सञ्चालन गरेको कार्यक्रमबाट एक नेपालीले अर्को नेपालीलाई सहयोग हुने बताउँदै यस कार्यक्रमबाट बालकदेखि ज्येष्ठ नागरिकलगायत सबैले लाभ लिनसक्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्का, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेललगायतले समाजको तल्लो तहसम्म नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि गर्न सबै नागरिक स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने आवश्यकता औँल्याए । आर्थिक अभावका कारण कोही पनि नागरिक स्वास्थ्योपचार सेवाबाट वञ्चित हुन नपरोस भनेर नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो ।
नयाँ व्यवस्थाअनुसार पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० प्रिमियम तिरेपछि रु एक लाखसम्मको स्वास्थ्योपचार सुविधा स्वास्थ्य बीमा कार्यक्रममार्फत प्राप्त गर्न सकिन्छ । ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा स्वास्थ्य बीमा बोर्डमार्फत नै हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९